नेपाल–चीन सीमासुरक्षा बैठक तिब्बतमा

२०७० जेष्ठ ९ गते, बिहीबार

काठमाडौं, –सीमा समस्याबारे छलफल गर्न नेपाल र चीनका स्थानीय अधिकारीहरुको बैठक आज बस्दै छ । चीनको तिब्बतमा हुने बैठकमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेल नेतृत्वको १० सदस्यीय टोली सहभागी हुने छ । टोलीमा जिल्ला प्रहरी प्रमुख प्रताप कुमार गुरुङ्ग, अनुसन्धान विभागका जिल्ला प्रमुख मोहन काफ्ले मगर, कोदारी अध्यागमन प्रमुख जगन्नाथ शर्मा पौडेल लगायत छन् ।चिनियाँ पक्षबाट नेलाम जिल्लाका प्रमुख, अध्यागमन, सुरक्षा र क्वारेन्टाइन प्रमुख बैठकमा सहभागी हुने बताइएको छ ।
बैठकमा स्थानीय बासिन्दालाई कुती र माइपोखरी जाने पाउने सुविधा चीनले कटौती गर्दै लगेको, तातोपानी नाकामा व्यापारीले दुई सातादेखि गर्दै आएको बन्द लगायत विषय नेपालले उठाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । चीनले भने स्वतन्त्र तिब्बतको माग गर्दै हुने गतिविधि र सीमामा कडाई गनुपर्ने मुद्दालाई प्राथमिकताका साथ उठाउने बताइएको छ ।नेपाल र चीनबीच हरेक ६–६ महिनामा सीमा सुरक्षा सम्बन्धी बैठक बस्ने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु