अफगानिस्तानको आत्मघाती हमला

२०७० जेष्ठ ११ गते, शनिबार

अफगानिस्तान, ११ जेठ– अफगानिस्तानको काबुलस्थित यूएन कार्यालयनजिक भएको तालिबानी आक्रमणमा एक नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । आक्रमणमा अन्य ६ जनाको पनि ज्यान गएको छ । शुक्रबार राति तालिबानले गराएको शक्तिशाली कार बम विस्फोटमा उनीहरुको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)को आवासगृहमा तालिवानी हमला भएको हो । आक्रमणमा परेका सबै नेपाली सुरक्षा गार्ड भएको बताइएको छ । मृतक र घाइते कोही पनि नेपालीको पहिचान हुन सकेको छैन । समाचार एजेन्सी अल्जेजिराका अनुसार, आक्रमणमा अन्य मुलुकका सुरक्षागार्ड पनि घाइते भएका छन् । मृतक अन्य ६ मा एक प्रहरी अधिकारी र एक जना बन्धुकधारीको पनि भएको जनाइएको छ । तालिबानी समूहले पश्चिमी शासनविरुद्ध कडा प्रतिकार गर्ने चेतावनी दिँदै आएका छन् । उनीहरुले इस्लामिक शासन चलाउनुपर्ने माग राख्दै आक्रमण गरेको समाचार एजेन्सीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु