कांग्रेस परिवर्तन यात्रामा माओावदी आक्रमण
छत्तिसगड १२ जेठ । छिमेकीमुलुक भारतको छत्तिसगडस्थित बस्तर जिल्लामा गएराति भएको एक ठूलो आक्रमणमा भारतीय कांग्रेस आईका वरिष्ठ नेता महेन्द्र कर्मासहित २० जना मारिएको भारतीय सञ्चारमाध्यमरुले जनाएका छन् ।कांग्रेसले चुनावी अभियानका लागि सुरु गरेको परिर्वतन यात्रामा भारतीय माओावदीले आक्रमण गर्दा वरिष्ठ नेता कुमार पटेल महेन्द्रकर्मासहित अन्य दूई पूर्व सभासद मुदलियार गोपी माधवन पनि मारिएको समाचारमा जनाइएको छ ।ठूलो परिमाणको हातहतियारले सुसजिज्त माओवादीको आक्रमणमा भारतीय केन्द्र सरकारका पूर्व मन्त्री विद्याचरण शुक्लासहित अन्य २० जना घाइते भएको समाचारमा उल्लेख छ।आक्रमणका घाइते हुनेहरुमा अधिकांश कांग्रेसी नेता तथा कार्यकर्ता रहेको बताइएको छ । आक्रमणमा मारिएका कर्मालाई माओवादी विरोधी अभियानका जन्मदाता मानिन्छ ।छत्तिसगढका मूख्यमन्त्री रमन सिंहले शनिबार मध्यराति पत्रकार सम्मेलनमा माओवादी आक्रमणमा मारिनेको संख्या १६ भएको बताएका थिए । तर, उनले घाइतेहरुको संख्या उल्लेख नगरेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
यसैबीच ८४ वर्षीय पूर्व मन्त्री शुक्लाको जगदलपुर अस्पतालमा शल्यक्रिया भईरहेको जनाइएको छ । आक्रमणका क्रममा उनको शरीरमा तीन गोली लागेको बताइएको छ । भारतीय कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले दिल्लीमा बोल्दै शुक्लाको पेटमा गोली लागेको बताइएकी जनाइएको छ ।माओवादीले परिर्वतन यात्राबाट फर्किरहेका कांग्रेस नेता–कार्यकर्तामाथि आक्रमण सुरु गरेका थिए । माओवादीले सो अवसरमा वारुदी सुरुङ विस्फोट गराएका थिए भने ठाउँठाउँमा रुख ढालेर कांग्रेस नेता, कार्याकर्तालाई अवरोध गरेको जनाइएको छ ।आक्रमणपछि छत्तिसगढका मूख्यमन्त्री सिंहले उक्त राज्यमा ३ दिनका लागि राजकीय शोकको घोषणा गरेका जनाइएको छ । – एजेन्सी