अष्ट्रेलियाका वासिन्दा सबैभन्दा सुखी
फ्रान्सको आर्थिक सहयोग तथा विकास संगठनले तयार पारेको उच्चतम जीवन सुचकांकमा अष्ट्रेलिया लगातार तेश्रोपल्ट शीर्ष स्थानमा पर्न सफल भएको छ । स्वीडेन, क्यानडा, नर्वे र स्वीटजरल्याण्ड शीर्ष पाँचमा परेका छन् । विकसित अर्थव्यवस्था भएका ३० भन्दा बढी देशहरुमा आयस्तर, स्वास्थ्य, सुरक्षा, आवास जस्ता मापदण्डलाई आधार बनाई सर्वेक्षण गरिएको थियो । संगठनका अनुसार अष्ट्रेलियाका १५ देखि ६४ वर्ष उमेरका ७३ प्रतिशतले रोजगारी पाएका छन् भने औसत आयु ८२ वर्षको रहेको छ । विश्वव्यापी आर्थिक संकटको कुशलतापूर्वक सामना गरेको र आर्थिक मन्दीमा पनि विकासको गति कायमै राखेकाले अष्ट्रेलिया सफल राष्ट्रका रुपमा देखिएको हो ।
संगठनले पैसाले खुशी किन्न नसकिने भएपनि उच्चस्तरको जीवन निर्वाहका लागि पैसाले महत्वपूर्ण अर्थ राख्ने भन्दै आर्थिक विकासले नै देशलाई खुशी र सुखी राख्न मद्धत गर्ने उल्लेख गरेको छ । तर सबै पक्षको विकासका बाबजुद अष्ट्रेलियामा धनी र गरिब बीचमा ठूलो खाडल देखिएको छ ।जनसंख्याको उच्च जीवन निर्वाह गर्ने २० प्रतिशतले निम्नबर्गमा परेका २० प्रतिशतले भन्दा ६ गुणा बढी पैसा कमाउने गरेको सर्वेक्षणमा पाइएको संगठनले उल्लेख गरेको छ ।