यूएईमा नेपाली साहित्यिक महोत्सव हुने
सम्युत्त अरव एमिरेट्स युएईमा साहित्यिक कार्यक्रम हुने भएको छ । यहाँ कार्यरत नेपाली साहित्यकारहरुको पहलमा अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्नका लागि कार्यक्रम गरिन लागिएको हो ।
आउदो शुक्रबार दुबइको इम्पेरियल स्वीट होटलमा हुने कार्यक्रमको स्थानिय सम्योजकत्व परमा सुबेदी घाणेकरले गरेकी छन ।
यूएईमा साहित्यिक कार्यक्रम हुने गरेका भएपनि अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्नका लागि यस् खालको कार्यक्रम पहिलो पटक गर्न लागिएको हो ।
नेपाली कला, साहित्य तथा सगींतका हस्ती वसन्त कुमार चौधरिको आतिथ्यतामा कार्यक्रम हुने छ । कार्यक्रममा चौधरीको म्युजिक भिडियो ‘लभ फरईभर’ सार्वजनिक समेत गरिन लागिएको छ । साथै उनकै ई-’मेघा बुक’ समेत रिलिज गरिने छ ।
चौधरी कला साहित्य तथा नेपाली सगीतमा स्थापित कलाकार हुन । उनले यस् अघि ४ वटा गीती एल्बम बजारमा ल्याइसकेका छन । उनका प्राय सागितिक एल्बम बिदेशमै सार्वजनिक गरिएको हो । हालै मात्र उनले न्युयोर्क र लन्डनमा पनि यस्तै कार्यक्रम गरी आफ्नो ई- ‘मेघा बुक’ सार्वजनिक गरेका थिए ।
उनको म्युजिक भिडियो भने पहिलो पटक दुबइ बाट सार्वजनिक गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रमबाट सकंलन हुने रकम नेपालमा अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्य हेरचाहमा सकृय भुमिका निर्वाह गर्दै आएको संस्था ‘स्टेप्स’ नेपाललाई सहयोग गरिने कार्यक्रम सम्योजक परमा सुबेदी घाणेकरले जानकारी दिईन ।
दिउस ३ बजे देखी राती ९ बजे सम्म सन्चालन हुने कार्यक्रममा नेपाल तथा यूएईमा ख्याती प्राप्त कलाकारका सांगितिक कला र साहित्यकारका साहित्यिक रचनाको प्रस्तुति रहने छ ।
प्रवासमा रहेर नेपाली कला साहित्यलाई उकास्नु हाम्रो जिम्मेवारी र कर्तब्य पनि भएकोले यस्तो खालको अनुभूती यहाँ कार्यरत अन्य नेपालीलाई पनि होश भन्ने भावनाले कार्यक्रम आयोजना गर्न लागिएको सम्योजक सुवेदीले संचारकर्मीलाई बताइन ।
नेपाली कला र साहित्यको जगेर्ना गर्न आ-आफ्नो स्थान बाट सहयोग गर्न कार्यक्रममा उपस्थित भएर सहयोग गरिदिनुहुन युएईमा कार्यरत सम्पूर्ण नेपालीलाई कार्यक्रम सम्योजक सुवेदीले आग्रह गरेकी छन । कार्यक्रममा रात्रीभोजको समेत ब्यबस्था गरिएको छ ।
– उमाकान्त पाण्डे ‘गाउंले’