कोरियामा नेपालीको मृत्यु

२०७० जेष्ठ १९ गते, आईतवार


काठमाडौं, १९ जेठ– वैदेशिक रोजगारका सिलसिलामा दक्षिण कोरियामा रहेका लोकेन्द्र स्माली मगरको मृत्यु भएको छ । कोरियाको इन्छन पुच्छनस्थित एक कम्पनीमा कार्यरत भोजपुर चम्पेका मगरको आइतबार विहान मृत्यु भएको हो । उनी १३ महिनाअघि कोरिया पुगेका थिए । सँगै खाना खाएर सुतेका मगर विहान ६ बजेतिर छटपटाएको र साथीभाइले पानी खुवाएलगत्तै उनको मृत्यु भएको बताइएको छ । हर्ट आट्याकका कारण उनको मृत्यु भएको बताइएको छ । उनको शव अहिले अस्पतालमै राखिएको छ । मृत्युबारे मगरको परिवार र सोलस्थित नेपाली दतावासलाई जानकारी गराइसकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु