बलिउड अभिनेत्री जिया खानले आत्महत्या गरिन्

काठमाडौ, २१ जेठ । बलिउड अभिनेत्री एब गजनीचलचित्रकी नायिका जिया खानले आत्महत्या गरेकी छन् । मुम्बई प्रहरीले उनको शव उनकै निवासमा फेला पारेको जनाएको छ । उनले आत्महत्या गर्नुको कारण भने खुलाइएको छैन । उनको शव कुपर अस्पतालमा राखिएको छ।२५ वर्षीया जिया आफ्नै आमासँग जुहुस्थित घरमा बस्दै आएकी थिइन् । सन् २००७ मा रामगोपाल बर्माको चलचित्र ‘निःशब्द’बाट चलचित्र करिअर सुरु गरेकी जिया खानले निःशब्दमा गीतसमेत गाएकी थिइन् ।सन् २००८ मा उनले अमिर खानसँग गजनी र सन् २०१० मा अक्षयकुमारसँग हाउसफूलमा पनि काम गरेकी थिइन् । उनले केही विज्ञापनमा समेत खेलेकी थिइन् । प्रहरीले उनको मृत्युका कारण बताउन प्रहरीले अस्वीकार गरेको छ ।
चियाको मृत्युप्रति स्तब्धता प्रकट गर्दै अभिनेता अभिताभ बच्चनले ट्वीटमा लेखेका छन्– के….जिया खान ?? क्या भयो ? के यो सत्य हो ? अविश्वसनीय ज्ञज्ञद्दज्ञ
अभिनेत्री दीया मिर्जाले ट्वीटरमा श्रद्धाञ्जली व्यक्त गर्दै खान तिमी अहिले साह्रै सानी र सुन्दर थियौ भनेकी छन् ।जिया खानको ट्वीटर एकाउन्ट नफिसा खानको नाममा थियो । उनले स्वयमलाई कलाकार, कवयित्री, गायिका, संगीतकार र ड्रीमर उल्लेख गरेकी थिइन ।उनको आधिकारिक वेभसाइटकमा अनुसार उनी अमेरिकाको न्युयोर्कमा जेन्मेकी हुन् । उनले लण्डनमा पढे बढेकी थिइन् ।- एजेन्सी