कतारमा गाडी दुर्घटना,तीन नेपालीको मृत्यु, १३ घाइते

२०७० असार ६ गते, बिहीबार

कतार, ६ असार– वैदेशिक रोजगारका लागि कतार गएका कामदार चढेको गाडी दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ । स्थानीय पेनिन्सुला दैनिकका अनुसार मृत्यु हुने नेपालीमा कृष्णराज वंशी, पशपल धमला र बृजनाथ पण्डित छन् । उनीहरुको पूरा ठेगाना खुलाइएको छैन । मृत्यु हुनेहरुमा ३५ देखि ४० वर्षभित्रका छन् । काम सकी फर्कंदै गरेको उनीहरु सवार गाडी नियन्त्रण बाहिर गई दुर्घटना भएको हो । कार्यास्थलबाट सनैयास्थित क्याम्पमा फर्कंदै गर्दा उनीहरु सवार माइक्रोभ्यानको टायर पड्केर सल्वारोडमा दुर्घटना भएको हो । भ्यानमा सवार अधिकांश नेपाली नै थिए । ‘तीब्रगतिमा आएको भ्यानको टायर पड्किएपछि नियन्त्रण बाहिर गाडी गयो । गाडीले सडकमा राखिएको डिभाइडर पनि ढाल्यो,’ सो पत्रिकाले लेखेको छ, ‘पर्खालमा गएर गाडी ठोक्कियो ।’ नेपाली दूतावासले भने घटनाबारे जानकारी नपाएको बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु