यूएईमा च्यारिटी सांगितिक कार्यक्रमको तयारी पूरा
यूएई-जुन २०- दुवै मिर्गौला खराब भई उपचार गराई रहेका झापा दमकका आशिष खनालको उपचारको सहयोगार्थ युएइको अबुधाबीमा भोलि शुक्रबार आयोजना हुने च्यारिटी सांगीतिक कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । मृगौला पीडित खनालको उपचार सहयोगका निमित्त गठित आशिष उपचार सहयोग समितिको पहलमा प्रतिभा मन्च यूएइको आयोजना र पथरी युवा समाज यूएईको सह आयोजनामा भोलि २१ जुनका दिन आबुधाबीको केरला सोसियल सेन्टरमा अपरान्ह २ बजे देखि हुन गैरहेको च्यारेटी कार्यक्रममा नेपालका चर्चित हास्य गायक प्रकाश पौडेल, न्रित्यकार रमण दाहाल, मोडल आशिष पुरुष, कलाकारहरु रेखा घिमिरे, किसोर सुनुवार, प्रेम लगुन, दीपक गुरुङ, नमुना गुरुङ, निस्चल श्री, तृष्णा लामा, दीप सुब्बा, योगेन लिम्बु, रमेश खडका, हरि खनाल, हरि खडका, लगायत चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने र साथमा भुमिपुत्र ब्यान्डको बिशेष प्रस्तुति रहने बताउदै उक्त सांगितिक कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी सहयोग समितिका संयोजक त्रिलोचन कोइरालाले गराएका छन् । उनका अनुसार कार्यक्रममा बिबिध मनोरन्जनात्मक प्रस्तुतिहरू रहने छन् । झापा दमकका बिपन्न परिवारका आशिष खनाल युएइमा रोजगारीमा रहेकै बेला केही समय पहिला दुवै मिर्गौला खराब भई उपचार गर्न नेपाल गएका र हाल उपचारार्थ रहेकाले पीडितको उपचार सहयोगमा हात अघि बढाउन इच्छुक यूएईवासी सम्पुर्ण नेपालीहरूलाई च्यारिटीको लागि उक्त कार्यक्रममा उपस्थित हुन आशिष उपचार सहयोग समिति तथा कार्यक्रम आयोजकहरूले अनुरोध गरेका छन् । त्यसैगरी यहाँ कार्यरत सम्पुर्ण नेपाली संघ संस्थाका प्रमुख तथा आबद्ध सदस्यहरू, समाजसेवी तथा बुद्धिजिवी लगायत सहयोगी भावना भएका सबैलाई कार्यक्रममा सहभागी हुनका लागि आयोजकले अपिल छन् ।- उत्तम अधिकारी