विश्वको फेन्टासी महिलाको सूचीमा नेपालकी अमृता पनि

२०७० असार ८ गते, शनिबार

काठमाडौँ । नाम कहलिएका सेलीबे्रटीहरुको सूचीमा एक नेपाली युवती पनि परेकी छिन् । हलिउड-बलिउडतिर नाम कहलिएका सेलिबे्रटीहरुको गतिविधि प्रकाशित गर्दै आएको बहुराष्ट्रिय पत्रिका पिपुलले तयार पारेको विश्वका एकसय जना ‘फेन्टासी’ युवतीको सूचीमा नेपालकी अमृता आचार्य पनि परेकी हुन् । हलिउडका ‘सेक्सी’ सेलिबे्रटीहरु जेनिफर लरेन्स, मिला कुनिज, केट अप्टन, रिहन्ना, एम्मा, स्टोन, मिरान्दा, केर, क्रिस्टन स्टेवार्ट जेसिका गोम्ज, जेसिका पेर तथा मिखेल जेन्के क्रमशः एकदेखि १० नम्बरमा रहेको सो सूचीमा नेपालकी आचार्य ९४ औँ स्थानमा छिन् । सो सूचीमा विख्यात महिला सेलिबे्रटीहरु एन्जिलिना जोली, केट विलियम्स, नताली पोर्टम्यान, ऐश्वर्या राय पनि छिन् । पिपुलको एक सयजना फेन्टासी महिलाको सूचीको लिंकलाई भारतीय अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाले पनि राखेको छ । सो दैनिकले ‘९९ फेन्ट्यासी वुमेन’ शीष्ाकमा पिपुलको लिंक राखेको हो । सो लिंकमा सबै सयजना महिला सेल्रि्रेटीको तस्विर ग्यालरीसमेत राखिएको छ । नेपाली युवती आचार्य एचबीओ च्यानलबाट प्रसारण हुँदै आएको लोक्रि्रय धारावाहिक ‘गेम अफ थ्रोन्स’ तथा ‘द डेभिल्डस डबल’ कि मुख्य अभिनेत्रीसमेत हुन् । सो साइटमा अमृता आचार्यको थर भने ‘आचरिया’ लेखिएको छ । जसमा भनिएको छ- अमृता नेपालमा जन्मेकी र बेलायतमा पढेकी युवती हुन् । चलचित्रसम्बन्धी नेपाली साइट मेरोसिनेमा डटकमले पनि सो लिंक राखेको छ । जसमा भनिएको छ- अमृता काठमाडौँमा जन्मेकी नर्वेकी वासिन्दा हुन् । उनले अहिलेसम्म नेपालको नागरिकता त्यागेकी छैनन् । १३ वर्षो उमेरमै उनी सपरिवार नर्वे पुगेकी हुन् । विश्वका विभिन्न जानकारी रहने साइट ‘विकिपिडिया डट ओआरजी’ ले अमृताकी बाबु नेपाली र आमा युक्रेनी भएको उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु