तालिबानको आक्रमणबाट एक नेपालीसहित १० को मृत्यु

२०७० असार ९ गते, आईतवार

पाकिस्तान, ९ असार– पाकिस्तान प्रशासित कस्मिरको गिल्गिट–बाल्टिस्तान पर्यटकीय क्षेत्रमा मारिने १० विदेशी आरोहीमा एक नेपाली पनि भएको खुलासा भएको छ । मृत्यु हुनेमा सोना शेर्पा नाम गरेका हिमाल आरोही भएको बताइएको छ । उनी नेपाल–आधारित सेभेन समिट ट्रेकसँग सम्बद्ध थिए । अज्ञात समूहले आइतबार १ बजे राति होटेलमै आई अन्धाधुन्द गोली प्रहार गर्दा ५ युक्रेनियन, ३ चाइनिज, र एक लाट्भियन–रसियन मारिएका छन् । आरोहीहरु विश्वको नवौं अग्लो हिमाल नाँगा पर्वत चढ्ने क्रममा त्यहाँको एक होटलमा बसेका थिए । गोली लागेर पाकिस्तानी सेफ पनि मारिएका छन्, भने एक चाइनिज बाँच्न सफल भएका छन् । सुन्नी अतिवादी समूह जुन्दुल्लाह र पाकिस्तानी तालिबानले सो घटनाको जिम्मेवारी लिएका छन् । उनीहरु पाकिस्तानी अर्धसैनिकको भेष लिएका थिए । जुन्दुल्लाहले पहिले पनि शिया मुस्लिम समुदाय लक्षित धेरै आक्रमण गरिसकेको छ । गिल्गिट–बाल्टिस्तानमा यो विदेशी पर्यटकमाथि भने पहिलो आक्रमण हो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु