दुबई पुगेका नेपालीको बिजोग

२०७० असार १३ गते, बिहीबार

काठमाडौं,१३ असार – दुबई पुगेका चार नेपाली कामदार सम्झौता अनुसारको तलब पाउनबाट बञ्चित बनेका छन् ।मासिक २ हजार ७ सय ७० दिराम पाउनेगरी ललितपुरस्थित स्प्रिङ नेपाल ह्यूमन रिसोर्स प्रालिमार्फत ६ महिनाअघि दुबई पुगेका खोटाङको जलेश्वरी–३ का मोहनकुमार राईसहित मनोज भुजेल, सन्दीप ढकाल र प्रदीप ढकाल सम्झौता अनुसारको तलव पाउनबाट बञ्चित भएका हुन् ।हाल इमिरेट्स ट्रान्सपोर्टेशन कम्पनीमा सेक्यूरिटी गार्डकारुपमा कार्यरत युवालाई कम्पनीले मासिक तलव नदिएको, दिएपनि साथीहरुमार्फत कहिले ६ सय, कहिले एक हजार र कहिले एक हजार ६ सय मात्र दिने गरेको सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र खोटाङका संयोजक भक्त राईले जानकारी दिएका छन् ।
म्यानपावर कम्पनीले ठगी गरेको भन्दै मोहनकुमार राईकी श्रीमती चन्द्रकला राईले क्षतिपूर्तिसहित कारबाहीको माग गर्दै बिहीबार सुचना केन्द्रमा म्यानपावरबिरुद्ध उजुरी दिएको बताइएको छ ।सम्झौतापत्रमा उल्लेख भए अनुसार आफ्नो श्रीमानलाई कम्पनीले तलव नदिएको, दुबई जाँदा बढि रकम लिएको चन्द्रकलाले बताउनुभयो । उनिहरु स्प्रिङ नेपाल ह्यूमन रिसोर्स प्रालिका नीलकण्ठ खनालमार्फत गत माघ २८ गते दुबई पुगेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु