विश्व नेपाली साहित्य महासङ्घमा तिगेला
 
                काठमाडौँ, १५ असार । विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिका अध्यक्षमा साहित्यकार विश्वासदीप तिगेला निर्वाचित भएका  छन   भने   उपाध्यक्षहरुमा सागर श्रेष्ठ (साउदी अरेबिया), वेद दाहाल (अमेरिका), मनि राई ‘गोठाले’ (मलेसिया), र सुरेन्द्र लिम्बू ‘परदेशी’ (भारत), महासचिवमा समदर्शी काइँला(युएई), सचिवमा खगेन्द्र अधिकारी (साउदी अरेबिया), सङ्गठन सचिवमा हरि शिवाकोटी(क्यानडा), उपसचिवमा देवेन्द्र खापुङ (नेपाल), आर्थिक सचिवमा केदार सङ्केत (अफगानिस्तान), आर्थिक सहसचिवमा जीवन देवान (मलेसिया) तथा सदस्यमा डा लेखनाथ काफ्ले (ताइवान), तीर्थसङ्गम राई (कतार), दीपदर्शन शाही (मलेसिया), नगेन्द्र इङ्नाम (अमेरिका), गोविन्द गौतम (रुस) निर्वाचित भएका  छन ।
हिजो  सम्पन्न महासङ्घको केन्द्रीय भेलामा महासङ्घ निर्वाचन आयुक्त मुरारीराज शर्मा(बेलायत) ले नवंनिर्वाचित पदाधिकारीको घोषणागरेका थिए । अध्यक्ष डा मधु माधुर्य (रुस) ले सभापतित्व गरेको उक्त  कार्यक्रममा आयुक्त शर्माले निर्वाचित पदाधिकारीको घोषणालगत्तै सपथ गराई नवनिर्वाचित अध्यक्ष तिगेलालाई जिम्मेवारी हस्तान्तरण गर्दै अध्यक्षता गराएका थिए  ।
नवनिर्वाचित अध्यक्ष तिगेलाले समितिका अन्य पदाधिकारीलाई सपथ गराएका थिए  । उक्त समारोहमा पूर्वअध्यक्ष डा माधुर्य ले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए  । साथै पूर्वउपाध्यक्ष तिलक मल्ल (जापान) ले अघिल्लो कार्यकालको समीक्षा गर्दै मन्तव्य राखेका थिए   भने गणेश खड्का, नम्रता गुरागाई, डा कविताराम श्रेष्ठलगायतले बधाई मन्तव्य राखेका थिए  । नेपाली साहित्यको विकासका लागि प्रभावकारी काम गर्ने नवनिर्वाचित अध्यक्ष तिगेलाले प्रतिबद्धता व्यक्त गरे  ।विश्वभर नेपाली साहित्यको विस्तार, विकास, सम्बर्द्धन, प्रोत्साहन र हौसलाका लागि आवश्यक काम गर्ने उद्देश्यले विसं २०६९असार २९गते भानुजयन्तीका अवसरमा स्थापित महासङ्घको विश्वभर ११ मुलुकमा १३ शाखा विस्तार भएका छन् भने तीन वर्षको एक कार्यकाल रहने व्यवस्था रहेको छ । पदपूर्ति हुन बाँकी पदमा नयाँ समितिले आगामी बैठकबाट चयन गर्ने बताइएको छ ।

 
                 
                             
                             
                         
                        