तालीवानी आक्रमणवाट चार नेपालीको मृत्यु
काठमाडौं, १८ असार : अफगानस्तानको राजधानी काबुलमा भएको आत्मघाति बम आक्रमणमा चार नेपालीको ज्यान गएको छ । तालिवानले गरेको आत्मघाती बम आक्रमणमा चार नेपाली सुरक्षागार्डको ज्यान गएको काबुलका प्रहरी प्रमुख मोहम्मद अयुव सलङ्गाईलाई उद्धृत गर्दै न्यूयोर्क टाईम्सले जनाएको छ । उनीहरुको परिचय खुल्न सकेको छैन । सो आक्रमणमा चार नेपालीसहित १० जनाको ज्यान गएको छ । मंगलवार विहान साढे चार बजे शरिरमा बम फिट गरेर पुगेका तालिवानहरुले एक कम्पनीमा विस्फोटक पदार्थले भरिएका ट्रक ठोक्काएर विस्फोट गराएका थिए । विस्फोटपछि बाहिर रहेका आक्रमणकारी र सुरक्षागाडीबीच गोलाबारी भएको थियो । अफगानस्तानमा पछिल्लो एक महिनामा मात्र तीन सय अफगानीको ज्यान गइसकेको छ भने झण्डै सात सय घाइते छन् । – एजेन्सी