मलेसियामा फेरी नेपाली लुटिए

२०७० असार २७ गते, बिहीबार

२७ असार – मलेसियाको सेलेङ्गोर राज्यको बेरनाङमा रहेको स्वीट ड्रिम कम्पनीमा कार्यरत धनुषाका रामनरेश शर्मा र महेन्द्र कुमार लुटिएका छन् ।
आइएमी रेमीट्यान्समार्फत नेपालमा पैसा पठाएर कोठातर्फ फर्कनेक्रममा शर्मालाई तीन चार जनाको समूहमा रहेको लुटेराहरुले सेरेम्वान बसपार्कमा लुटेका खोटाङ सेवा समाज मलेसियाका महासचिव प्रकाशपुष्पक राईले जानकारी दिए ।
लुटेराहरुले शर्माको साथबाट नगद, बैंक कार्ड र नेपाल पैसा पठाएको सेन्डिङ एमाउण्ट पेपर लुटेर लगेका छन् । लुटेराको कुटपिटबाट शर्मा घाइते हुनुभएको छ । यस्तै, त्यही कम्पनीमा कार्यरत महेन्द्र कुमारलाई पनि लुटेराहरुले होस्टल नजिक लुटेका छन् ।सिमेनिया नजिकैको केसुमा बजारबाट तरकारी लिएर फर्कनेक्रममा महेन्द्रलाई चार जना लुटेराहरुले लुटेका हुन् । लुटेराहरुले महेन्द्रकोसाथमा रहेको ४ सय आरएम, दुई थान नोकिय मोबाइल र सिएसएल मोबाइल लुटेको राईले जानकारी दिए ।यसअघि पनि मलेसियामा नेपाली कामदारहरु पटक–पटक लुटिइसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु