दुबईमा एक नेपालीलाई मृत्युदण्डको सजाय
काठमाडौ, ७ साउन । वैदेशिक रोजगारका लागि दुबई गएका संखुवासभा मंडेपोवरी ३ का अनीश खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।दुबईमा महिलाले सञ्चालन गरेको व्यापारीक भान्सामाकाम गर्ने नेपाली र पाकिस्तानीबी भएको झडपमा एक पाकिस्तानीको मृत्यु भएको थियो। सोही अभियोगमा राईविरुद्ध मुद्दा चलाइएको थियो। अदालतले शनिबार मृत्युदण्ड सजाय सुनाएका राई ८ महिनादेखि अबुधाबीको अलेन कारागारमा भएको आजको अन्नपूर्णपोष्टमा समाचाé छ।राईलाई फाँसी सजाय दिएको खबर आइतबार विहान पाएपछि डेढवर्षे छोरासहित पत्नी बिना राई परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर घटनाको छानबिन गर्न र जीनव रक्षाका लागि पहल गरिदिन माग गरेकी छन्। उनी पाकीस्तानीसँगको झगडामा गत कात्तिक ९ गते जेल परेका थिए। तर, झगडामा घाइते भएका पाकिस्तानीको मृत्यु भएपछि हत्या अभियोगमा राईविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको थियो ।

 
                 
                             
                             
                         
                        