थाइल्याण्डमा अलपत्र नेपाली स्वदेश फर्किए

२०७० श्रावण १४ गते, सोमबार

काठमाडौं,१४ साउन । वैदेशिक रोजगारीको मीठो सपना बुनेर थाइल्याण्ड पुगेका १४ नेपालीहरु दलालका कारण दुई महिनासम्म अलपत्र परेर स्वदेश फर्केका छन् । स्वदेश फर्किएका उनीहरुले त्यहाँ अरु पनि नेपाली नागरिकहरु समस्यामा परेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । आइतवार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले थाइल्याण्डमा मानव तस्करहरुको ठूलो सञ्जाल भएकाले धेरै नेपाली अलपत्र अवस्थामा रहेको जानकारी दिएका हुन् ।आˆनै नातेदारबाट भारतको बाटो हुँदै भिजिट भिषामा थाइल्याण्ड पुगेका नेपालीहरु एक गैरसरकारी संस्थाको सहयोगमा दुई महिना सात दिनपछि स्वदेश आइपुगेका हुन् । प्रत्येकले पाँच लाखभन्दा बढी रकम नेपाल र थाइल्याण्डमा बस्ने एजेन्टलाई बुझाएर गएको बताएका छन् । थाइल्याण्डमा बस्ने मायादेवी कामी र रबिन बोगटीले आफूहरुलाई फसाएको उनीहरुले बताएका छन् । पीडित हेरमान गोपालीले कार्यक्रममा भावुक हुदै भने -’भगवानले बचाएर हामी त नेपाल फर्कियौ अन्य धेरै नेपाली बिचल्लीमा परेका छन् ।’पाँचथर थर्पु-५ की थाइल्याण्ड निवासी मायादेवीले स्कुलमा पढाउनका लागि भन्दै चर्को रकम लिएर त्यहाँ पुर्‍याउने र बिचल्ली बनाउँदै आएको पीडित तुलबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने -’एजेन्ट मायादेवी नेपालको ब्ल्याक लिष्टमा परेकाले नेपालीहरुलाई भारत हँुदै थाइल्याण्ड पुर्‍याइरहेकी छिन् ।’नेपाल फर्किएका युवायुवतीहरु अहिले राजधानीमा रहेको आशा फाउण्डेशनमा बसेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु