दुबईमा अब पार्ट टाइम काम गर्न पाइने
काठमाडौं, २४ साउन – दुबईमा रोजगारी गरिरहेका व्यक्तिले अब पार्ट टाइम काम गर्न पाउने दुबई राज्यका राजकुमार शेख हम्दान बिन मोहम्मद बिन राशिद अल मक्तुमले रमादानको अन्तिम दिन गत मंगलवार जारी गरेको दुवईका सञ्चार माध्यमले जनाएका छन् ।रोजगारीका लागि विशेष बन्दै गएको दुबईमा यस्तो व्यवस्थाले त्यहाँ कार्यरत धेरै नेपालीलाई सजिलो हुने अनुमान गरिएको छ ।दक्ष, अनुभवी र योग्य तथा स्वतन्त्र कामदारहरु रहेको मुलुक दुबइमा यस अवसरलाई सदुपयोग गर्ने हो भने मनग्य आम्दानी गर्न सकिने दुबईबाट पत्रकार उमाकान्त पाण्डेले जानकारी दिनुभयो । दक्ष, अनुभवी कामदारहरुलाई पार्ट टाइम कामले बिशेष फायदा पुग्ने छ ।यो अवसरबाट विद्यार्थी तथा नयाँ फुर्सदिला कामदारलाई दोब्बर फाईदा हुने छ । खासगरी युरोपेली देशहरुमा रहेको पार्ट टाइम जबको व्यवस्था खाडी मुलुक दुवईमा पहिलो पटक जारी गरिएको हो ।