दार्जीलिङमा जन कर्फ्यु
काठमाडौं, ३० साउन। भारतीय पूर्वोत्तर राज्य पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमूल कांग्रेसका नेताले दार्जीलिङका गोर्खालीलाई ‘नेपालीहरु नेपाल जाओ’ भनेपछि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आपत्ति जनाएका छन्  । तृणमूल कांग्रेसका नेताहरुको यस्तो भनाइले दार्जीलिङबासीलाई हेर्ने बंगाल सरकारको दृष्टिकोण स्पष्ट भएको गुरुङले बताएका छन्  ।उनीहरुको यही मानसिकताका कारण अलग गोर्खाल्याण्ड राज्य आवश्यक रहेको गुरुङले दाबी गर्नुभएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । तृणमुल कांग्रेसका नेताले मंगलबार नेपाली हरु नेपाल जाओ भन्ने अभिव्यक्ति दिएको बुधबार प्रकाशित भारतीय पत्रिका हिमालयन दर्पणले लेखेको छ ।
यसैवीच मंगलबार दार्जीलिङमा जनताका तर्फबाट कफ्र्युको घोषणा गरियो । जनताले लगाएको कर्फ्युका कारण बजार पूर्णतः सुनसान देखिएको थियो । प्रहरी र पत्रकारबाहेक सडकमा कोही पनि मानिस निस्केनन् र आ-आफ्ना घरमा बसे । भारतले खलग तेलगांना राज्य दिने घोषणा गरेपछि दुईसातादेखि दार्जीलिङमा बन्द र हडताल जारी छ । अनिश्चितकालीन बन्दलाई न्ययालयले रोक लगाएपछि आन्दोलनकारीले मंगलबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेको बताउँदै जनताको कर्फ्युघोषणा गरेका हुन् ।जनताको अप्ठयारोलाई ध्यानमा राखी विहीबारदेखि आइतबारसम्म बजार खुल्ला गर्ने आन्दोलनकारीले बताएका छन् । आन्दोलनकारीलाई गिरफ्तार गर्ने अभियान राज्य सरकारले जारी राखेको छ । हालसम्म अढाइ सय भन्दा बढी आन्दोलनकारी नेताहरु पक्राउ परिसकेका छन् 

 
                 
                             
                             
                         
                        