दार्जिलिङमा पुनः अनिश्चितकालीन आम हड्ताल

२०७० भाद्र ७ गते, शुक्रबार

काठमाडौ , ७ भाद्र – गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिष्टेसन (जीटीए) का सभासद् तथा गोर्खा जनमुक्तिका सहसचिव विनय तामाङसहितका नेता पक्राउको विरोधमा दार्जिलिङमा शुक्रबारदेखि पुनः अनिश्चितकालीन वन्दको घोषणा गरिएको छ ।मोर्चाका अध्यक्ष विमल गुरुङले विहीवार दार्जिलिङको एक सभालाई सम्वोधन अनिश्चितकालीन बन्द घोषणा गरेका हुन् । उनले पक्राउ नेता तथा कार्यकर्ता रिहा नगरेसम्म बन्द जारी राख्ने दावी गरेका छन् ।बुधवार राति एकैपटक मोर्चाका सहसचिव तामाङसहित ४० वढी कार्यकर्तालाई वंगाल-सिक्किमको सीमाना रम्वीवाट पक्राउ गरिएको थियो ।
गोर्खाल्याण्ड आन्दोलन चर्किएपछि गोर्खाल्याण्ड समर्थकलाई धरपकट तीब्र पारेको पश्चिम बंगाल सरकारले बुधबार राति एकै पटक मोर्चाका सहसचिवसहित ४० बढीलाई पक्राउ गरेको छ ।मोर्चाका सहसचिव विनय तामाङसहितका ४० नेता कार्यकर्तालाई बुधबार राति बंगाल सिक्किमको सीमाना रम्वीबाट पक्राउ गरिएको दार्जिलिङ प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएको छ ।मोर्चाले राज्य सरकारको उक्त कदम निन्दनीय भन्दै आपत्ति जनाएको छ । पक्राउ सबैलाई अदालत पेश गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु