सिक्किमको पहिरोमा पाँच नेपालीको मृत्यु

२०७० भाद्र १८ गते, मंगलवार

काठमाण्डौं ,१८ भदौ। भारतको पश्चिम सिक्किममा गएको पहिरोमा परी पाँच नेपाली भाषीको मृत्यु भएको छ । गएराति गएको पहिरोमा परी एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको हो । नेपाली भाषीको बाहुल्य रहेको स्थानमा पहिरो जाँदा इन्द्रमाया राई, उनका छोरा साजन राई, बुहारी देशमाया राई र दुई महिनाको नातिको मृत्यु भएको छ । त्यस्तै छिमेकी वीरबहादुर सुब्बाको पनि पहिरोमा परी ज्यान गएको छ । अन्य १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु