मलेशियामा एक नेपाली मृत भेटिए

२०७० भाद्र २१ गते, शुक्रबार

क्वालालाम्पुर,२१ भदौ – वैदेशिक रोजगारीको सिलशिलामा मलेशिया पुगेका एक नेपाली मृत भेटिएका छन् । ३ वर्ष अघि मलेशिया पुगेका सप्तरीका ३० वर्षका घनश्याम मण्डल मृत भेटिनु भएको हो । मंगलबार काम सकेर घरमा आइ सुतेका मण्डललाई सुतिरहेको अवस्थममै मृत भेटिएको उनका साथी शिधु मण्डलले जानकारी दिए । मण्डलको शव पोष्ट मार्टमका लागि जोहोर बारुको सुलतान अस्पतालमा राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु