कोरियामा पर्यटन मेला सम्पन्न
दक्षिण कोरियाको राजधानी सियोलस्थित  बुसान प्रदर्शनी तथा सम्मेलन केन्द्रमा १६ औं अन्तर्राष्ट्रिय पर्यटन मेला २०१३ सम्पन्न भएको छ ।मेलामा राखिएका ट्रेकिङ, माउन्टेरिङ, -याफ्टिङ र जङ्गल सफारीलगायत कक्षमा अवलोकनकर्ताको आकर्षण रहेको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।बुसान महानगरपालिका र बुसान पर्यटन सङ्घले संयुक्त रुपमा आयोजना गरेको मेलामा करिब ९५ हजारले अवलोकन गरेको र एसिया, युरोप, अमेरिका, अफ्रिका विभिन्न ३५ देशका २३० कम्पनीले भाग लिएको दूतावासले जनाएको छ ।

 
                 
                             
                             
                         
                        