पत्रकारलाई दुरव्यवहार गर्नेलाई कुनै पनि हालतमा नछाडिने
२६ भदौ । बेल्जियम स्थित कार्यरत पत्रकारहरुले उज्यालो ९० नेटवर्कका बेल्जियम सक्वाददाता सन्तोष न्यौपाने प्रति भएको घटनाको अन्तराण्ट्रिय पत्रकार महासंघ आइ एफ जे ब्रसेल्सलाई जानकारी गराएका छन ।मंगलबार गएको पत्रकारहरुको टोलिले महासंघलाई घटना र आफुहरुले कार्यगर्दा आइपर्ने समस्याहरुबारे अवगत गराएका थिय ।न्यौपानेको घटनाप्रति आइ एफ जेले ध्यानकर्षण जनाएको छ ।आइ एफ जेको महासचिव वेथ कोस्टा,मानव अधिकार तथा सुरक्षा विभाग प्रमुख इन्रेस्ट सागागा र मारि लाउरे लुले लाइ नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष केजिन राईले घटनाको बारेमा जानकरी गराउनुभएको थियो । यस घटनाबारे दोषिलाई कारवाहि गर्न आवश्यक सहयोग गर्ने आइ एफ जे मानव अधिकार तथा सुरक्षा विभाग प्रमुख सागागा बताउनुभयो । उहाले आफुहरु पत्रकार सुरक्षा हकहितको लागि सक्दो लागि पर्ने पनि बताउनुभयो ।अन्तरराष्ट्रिय पत्रकार महासंघले स्थानीय प्रहरी प्रशासनलाई कानुनी कारबाहीको लागि शसक्त दबाब दिन कदमा चाल्ने कुरा पनि स्पष्ट पार्नुभयको थियो ।महासचिव कोस्टाले यो घटनाबाट आफु दुखित भयको बताउदै दोषि माथि कारवाहिको लागि आफुहरुले सक्दो सहयोग गर्ने प्रस्ट पार्नुभयो । उहाले यो घटना दुखदायी भयको भन्दै एक्यबढ्ता जनाउनु भयको थियो ।
नेपाल पत्रकार महासघ युरोप शाखाका प्रतिनिधीमण्डलले युरोपमा कार्यरत पत्रकारहरुलाई बिगतमा भयको बिभिन्न धम्की तथा बेल्जियम मा रहेका पत्रकारहरुलाई आयका बिभिन्न धम्की तथा असहजता बारे आइ एफ जेको महासचिव वेथ कोस्टालाइ जानकारी गराउनुभ्यको थियो । आइ एफ जे ब्रसेल्सलाई जानकारी दिन नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष केजिन राइको नेतृत्वमा प्रतिनिधि गठन भयको थियो ।
गत अगस्ट १९ तारिखका दिन रिपोर्टिगंको बेला स्थानिय बु्रज शहरमा जिवन शर्मा द्धारा न्यौपाने माथि हातपात भएको थियो । उत्त घटनाको नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपाली दुतावास बेल्जियम समक्ष गत हप्ता ध्यानाकर्षण गराइसकेको छ ।युरोपमा कार्यरत पत्रकारसाथीहरुको रक्षाको लागि नेपाल पत्रकारमहासंघ युरोप शाखाले कडा कडम चाल्ने र आक्रमण कारीलाई कुनै पनि हालतमा नछाडने महासंघले जनाइ सकेको छ ।