काभ्रे र ओशाकाबीच मितेरी साइनो
काभ्रे, ३० भदौ । जापानको ओशाका महानगरपालिकाका विद्यालय र नेपालका विद्यालयहरुबीच मितेरी सम्बन्ध कायम हुने भएको छ ।नेपालमा बालबालिकाको क्षेत्रमा कार्यरत जापानी गैरसरकारी संस्था स्पेक जापानको सक्रियतामा काठमाडौं आइपुगेका ओशाका महानगरपालिकाको मियाकोजिमा वडाका अध्यक्ष रियुसे ताबाताले मितेरी सम्बन्ध कायम गर्ने समझदारी गरेका हुन् । पहिलोचरणमा सोमबार काठमाडौंको कपनस्थित माउन्ट कैलाश विद्यालयको ताकाखुरा निमाविस“ग र गौरीघाटको हिलारी विद्यालयको साकुरा नोमिया विद्यालयस“ग मितेरी सम्बन्ध कायम हुने भएको छ ।
यसैगरी, काभ्रेको बनेपा नगरपालिकामा रहेका १० वटा सामुदायिक विद्यालयहरुको पनि निकट भविष्यमै जापानी विद्यालयस“ग मितेरी सम्बन्ध कायम हुने भएको छ । बनेपा नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेल र मियाकोजिमाका वडाध्यक्ष ताबाताबीच सो सम्बन्धी समझदारी कायम भएको हो ।
स“स्कृति, प्रविधि तथा ज्ञानको आदानप्रदान गरी विद्यार्थीहरुको बौद्धिक विकासका लागि यो सम्बन्ध कायम गर्न लागिएको ताबाताले बताए । ‘जापानका विद्यालयमा आफ्नै भाषामा मात्र पढाइ हुन्छ, निमाविबाट मात्रै अंग्रेजीमा पठनपाठन हुने गरेको छ । यो सम्बन्ध कायम भएपछि जापानका विद्यार्थीहरुले पनि अन्तर्राष्ट्रिय भाषा र सामजिक शिक्षाको महत्व बोध गर्नेछन् ।’—उनले भने ।
सुरुमा मितेरी सम्बन्ध कायम भएका विद्यालयबीच प्रत्येक हप्ता इन्टरनेटमार्फत शैक्षिक तथा सांस्कृतिक अनुभव साटासाट गरिनेछ । यसैगरी, दुईवटै देशका विद्यार्थीहरुलाई एकअर्का देशमा अवलोकन भ्रमण गराइनेछ । जापानी विद्यालयका लागि लागि पनि यो नया“ अनुभव हुने भविष्यमा आवश्यकता अनुसार कार्यक्रमहरु परिमार्जन गरिने स्पेक जापानका नेपाल प्रतिनिधि गणेशमान लामाले बताए ।