भारतीय प्रहरीले माफी माग्यो
काठमाडौं, असोज २ – विना अनुमति नेपाली भूमिमा आएर छापा मारेकोमा भारतीय प्रहरीले माफी मागेको छ ।नेपाल प्रहरीसँग समन्वय नै नगरी बर्दियाको सदरमुकाम गुलरियाको एक घरमा छापा मारेकोमा भारतीय प्रहरीले मारेकोमा माफी मागेको नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले जानकारी दिनुभयो ।
गुलरिया ८ सृजना टोलका मञ्जुलकुमार श्रेष्ठको घरमा छापा मार्ने डिएसपीसहित ७ जनाको भारतीय प्रहरीको टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको र गल्ती भएको भनेर माफी मागेकाले छाडिएको प्रवक्ता सिलवालले बताए ।भारतीय प्रहरीको हत्या गरेको अभियोग लागेका मोना सरदार, श्रेष्ठको घरमा लुकेको आशंकामा भारतीय प्रहरीले श्रेष्ठको घरमा छापा मारेको थियो ।अन्तर्राष्ट्रिय मान्यता अनुसार दुई देशको प्रशासनिक समन्वयविना अर्को देशमा गएर छापा मार्न पाईदैन । घटनाको बिभिन्न युवा संगठनले बिज्ञप्ती निकालेर बिरोध गरेका छन् ।