बुद्धको दुर्लभ प्रतिमा सार्वजनिक
काठमाडौं, १५ असोज । दक्षिण कोरियाको राजधानी सोलबाट ३ सय ५४ किमि दक्षिण हाप्छनमा रहेको १ हजार वर्षभन्दा पुरानो गौतम बुद्धको दुर्लभ प्रतिमा सर्वसाधारणका लागि खुल्ला गरिएको छ । ‘त्रिपिटका कोरियाना फेस्टिभल २०१३’ का अवसरमा पहिलोपटक गत शुक्रबारबाट सार्वजनिक गरिएको हो ।नवौं शताब्दीमा चट्टानमा कुँदिएको बुद्धको पूर्ण कदको प्रतिमा त्यहाँको हेइन्सा मन्दिर परिसरमा छ । ७।५ मिटर उचाइ र ३।१ मिटर चौडाइको उक्त प्रतिमालाई कोरियाले राष्ट्रिय सम्पदा र युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । यसअघि उक्त प्रतिमा बौद्ध भिक्षुहरूको मात्र पहुँचमा थियो ।यो ‘फेस्टिभल’ २०११ यता बर्सेनि हुँदै आएको छ । यसपालिको फेस्टिभलमा १३ औं शताब्दीतिर चिनियाँ भाषामा लेखिएको बौद्ध धर्म ग्रन्थका ५२ लाख अक्षर र अमूल्य काठमा कुँदिएका ८१ हजार २ सय ५८ वटा बौद्ध सामाग्री छन् ।काठमाडौं, १५ असोज । दक्षिण कोरियाको राजधानी सोलबाट ३ सय ५४ किमि दक्षिण हाप्छनमा रहेको १ हजार वर्षभन्दा पुरानो गौतम बुद्धको दुर्लभ प्रतिमा सर्वसाधारणका लागि खुल्ला गरिएको छ । ‘त्रिपिटका कोरियाना फेस्टिभल २०१३’ का अवसरमा पहिलोपटक गत शुक्रबारबाट सार्वजनिक गरिएको हो ।नवौं शताब्दीमा चट्टानमा कुँदिएको बुद्धको पूर्ण कदको प्रतिमा त्यहाँको हेइन्सा मन्दिर परिसरमा छ । ७।५ मिटर उचाइ र ३।१ मिटर चौडाइको उक्त प्रतिमालाई कोरियाले राष्ट्रिय सम्पदा र युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । यसअघि उक्त प्रतिमा बौद्ध भिक्षुहरूको मात्र पहुँचमा थियो ।यो ‘फेस्टिभल’ २०११ यता बर्सेनि हुँदै आएको छ । यसपालिको फेस्टिभलमा १३ औं शताब्दीतिर चिनियाँ भाषामा लेखिएको बौद्ध धर्म ग्रन्थका ५२ लाख अक्षर र अमूल्य काठमा कुँदिएका ८१ हजार २ सय ५८ वटा बौद्ध सामाग्री छन् ।