सार्क स्तरीय गोष्ठी आजदेखि

२०७० आश्विन १६ गते, बुधबार

काठमाडौं, १६ असोज । दक्षिण एसियाली राष्ट्रका जनताको जीवनस्तर उकास्न र गरिबी निवारण गर्न भइरहेका प्रयासबारे छलफल गर्न दुईदिने गोष्ठी सुरु हुँदैछ ।गोष्ठीमा खाद्य सुरक्षाका चुनौती, लघुवित्तको प्रयोग, सार्क हस्तकला प्रवद्र्धन केन्द्र, समावेशी आर्थिक वृद्धि, महिला सशक्तीकरण, परिवार नियोजन, स्थानीय तहको आत्मनिर्भरता लगायतका विषयमा सञ्चालन गरिएका परियोजनाबारे आ–आफ्नो देशका अनुभव आदानप्रदान र छलफल हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)ले जानकारी दिएको छ ।
सार्क राष्ट्रका आठवटै देशका सरकारी र सामुदायिक क्षेत्रमा कार्यरत उपभोक्ता समूहका प्रतिनिधिको सहभागी रहने गोष्ठीमा सहस्राब्दी विकास लक्ष्य पूरा गर्न अपनाउनुपर्ने रणनीति र परियोजनाहरूको सफल कार्यान्वयनका लागि लगानी र क्षमता अभिवृद्धिमा जुटाइनुपर्ने क्षेत्रीय सहयोगबारे विचारविमर्श हुने सार्कका निर्देशक धनबहादुर ओलीले बताए । उनका अनुसार गोष्ठीमा महिला उद्यमशीलता, थारु घरबास (होमस्टे) लगायतका चार नेपाली परियोजनाबारे पनि छलफल हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु