भिक्षु सुगन्धलाई विशेष उपाधि
काठमाडौं,१८ असोज  – नेपालका भिक्षु सुगन्धलाई   ‘शाक्य वंश विशुद्धि’ विशेष उपाधिबाट सम्मानित गरिएको छ ।थाइल्याण्डमा विहीबार भएको विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो । थाइल्याण्डका राजकुमारी महाचक्री सिरिन्थोनले फ्रा. शाक्य वंश विशुद्धि उपाधिले उनलाई सम्मान गरेकी हुन्  ।सन् १९७५ देखि थाइल्याण्डमा बस्दै आएका भिक्षु सुगन्धलाई विहीबार थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजका प्रतिनिधी राजकुमारी महाचक्री सिरिन्थोनले यो उपाधि प्रदान गरेको   हो ।
बुद्धधर्ममा विशेष योगदान दिएका भिक्षु सुगन्धको लागि विशेष रुपमा थाइलाण्डका राजा भूमिबोल अदुल्यादेज स्वयं आफैले यस उपाधि शाक्य वंश विशुद्धि प्रदान गर्ने घोषणा गरेका थिए  ।थाइ संघराजा भन्ते सोमदेच फ्रा. याणसम्बरको एकसयौं जन्मजयन्तिको अवसरमा भएको कार्यक्रम बैंककको पुरानो  राजदरबारको इमराल्ड बुद्ध भएको हलमा भएको थियो ।
यस उपाधिले सम्मान भएको ब्यक्तिलाई थाइलाण्डमा विशेष सम्मान, सरकारी सुविधा र दरबारमा हुने हरेक राजकीय कार्यक्रममा सहभागी गराईने परम्परा छ । यो उपाधिबाट सम्मानित उनि पहिलो हुन  ।

 
                 
                             
                             
                         
                        