महिलालाई खाडी मुलुक पठाउने दलाल कारबाहीमा पर्ने

२०७० आश्विन २३ गते, बुधबार

महिलालाई खाडी मुलुक पठाउने दलाल कारबाहीमा पर्ने
काठमाण्डौं ,२३ असोज। गैरकानुनी रूपमा महिलालाई साउदी अरबलगायत खाडी मुलुक पठाउने दलालहरूलाई कारबाही सिफारिस गर्दै त्यहाँस्थित नेपाली दूतावासले उनीहरुको नाम–ठेगानाको सूचीसहित पत्राचार गरेका छन्। साउदी दूतावासले आफूकहाँ शरण लिइरहेका महिलाबाट पटकपटक गरी १ सय ४४ दलालको नाम र ठेगाना संकलन गरी वैदेशिक रोजगार विभाग, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पठाएको हो।
साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेका अनुसार पछिल्लोपल्ट असोज पहिलो साता २२ जना दलालको सूची पठाइएको छ। सूचीमा स्याङ्जा तोरीडाँडा–९ का रोहित थापा, इटहरीकी कोपिला कटुवाल, विष्णु गुरुङ, मोरङ पथरी १ का देव राई, झापा झिलझिलेका दुर्गा भुजेल, बुटवलकी (दिल्लीबाट काम गर्ने) पुनम मगर, दार्जिलिङकी खाती विश्वकर्मा छन्।त्यस्तै, बुटवलका गोपाल क्षेत्री, नवलपरासी सुनौलका निर्मल न्यौपाने, नवलपरासी खैरटवाकी माया गुरुङ, नवलपरासी गजडी–२ का दिलबहादुर थापा, मोरङ उर्लाबारी ७ का दुर्गा वाग्ले, आकाश तामाङ, झापा भद्रपुरका शंकर गिरी, झापा दमक–१३ की हिमा, उदयपुर थोकसिला–४ का समृत राई, कावासोतीका नरेशलाई पनि कारबाही गर्न भनिएको छ।
महिलालाई घरेलु कामदारका रूपमा साउदी जान प्रतिबन्धित छ। तर, करिब ५० हजार हाराहारी नेपाली महिला त्यहाँ कार्यरत छन्। अधिकांश दलालमार्फत भारत हुँदै साउदी पुगेका हुन्। उनीहरु घरमालिकले यातना दिन थालेपछि केही आफैं भागेर दूतावास पुग्छन्। केहीले फोन गरेर दूतावास गुहार्छन्। दूतावासमा शरण लिइरहेका महिला ४३ रहेको नागरिक दैनिकमा खबर छ ।
‘दुःख पाएपछि दूतावासको शरणमा आइपुग्छन्। कतिलाई त घरमालिकसँग वार्ता गरेर नेपाल पठाउँछौं,’ साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले नागरिकसँग टेलिफोनमा भने, ‘कतिलाई प्रहरीको सहयोग लिई उद्धार गर्नुपर्छ।’
दूतावासको शरणमा आइपुग्ने ६ जना बुटवलकी पुनम मगरमार्फत साउदी पुगेका थिए। उनले पठाएका तीनजनासँग आफ्नै राहदानी थियो। बाँकी तीनजना अर्काकोमा पुगेका थिए। ती भारतीय नागरिक हुन्।
दलालहरूले कुवेतमा पनि यसैगरी महिला कामदार पठाउँदै आएका छन्। ३० वर्षभन्दा कम उमेरका महिलालाई कुवेतमा घरेलु कामदारका रूपमा जान रोक छ। कुवेतस्थित नेपाली दूतावासको सेल्टरमा १ सय ४० जनाभन्दा बढी महिला छन्।
कुवेतस्थित दूतावासले पनि गत साता १० जना एजेन्ट र एजेन्सीलाई कालोसूचीमा राखेर कारबाही निम्ति सरकारलाई पठाएको थियो। यसमा फराज आइश अल हुसाइनी अफिस र रतन कँणेल, नुवाइर सलिम अली अफिस र नवराज श्रेष्ठ, नवल सलिम महान अल–रशिदी र कमला थापा मगर, अल–जज्जी बिजाद अल–दैहानी र गीता गुरुङ, जब्राह एचके अल–खाल्दी र सुशिला पुरी छन्।
हम्डा शबिब हामोद अल–अज्मी अफिस र मिना शेर्पा, शाइखा फिहान अफिस र शिवकुमार श्रेष्ठ, घज्वा गजाइ अल–म्युटरी अफिस र विष्णुकुमारी कार्की, खालफ मोहम्मद खालफ अल दारा र बद्रिया मनसुर अल शाथी अफिसलाई पनि कारबाही गर्न भनिएको छ।
दूतावासले पठाएको सूचीअनुसार दलालको खोजी गरी कारबाही गर्ने जिम्मा गृह मन्त्रालयको हो। ‘सूची पाउनेबित्तिकै हामी प्रहरीलाई पठाउँछौ,’ गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले भने, ‘कति कारबाही भयो, बुझ्नैपर्छ।’
एक म्यानपावर व्यवसायीका अनुसार नक्कली राहदानी बनाउनेदेखि साउदी पुर्‍याउन दलालले प्रतिव्यक्ति २ देखि ५ लाख रुपैयाँ उठाउँछन्। राहदानी पिसी गर्ने काम काठमाडौंको बागबजार र भारतको दिल्लीमा हुन्छ।गैरकानुनी रूपमा गएका महिलाले घरमालिकबाट दुःख पाएपछि रुँदै फोन गर्ने गरेको दूतावासका अधिकारी बताउँछन्। यातना सहन नसकी कतिले आत्महत्या नै गरिसकेका छन्। आर्थिक वर्ष २०६९/७० मा साउदीमा मर्ने नेपालीको संख्या मात्र साढे ३ सय हाराहारी छ।२०७० यतामात्र १ सय ११ महिलालाई दूतावासले उद्धार गरी नेपाल फिर्ता पठाएको छ। अघिल्लो वर्ष २०६९/७० मा यो संख्या ३ सय ४९ थियो।काठमाण्डौं ,२३ असोज। गैरकानुनी रूपमा महिलालाई साउदी अरबलगायत खाडी मुलुक पठाउने दलालहरूलाई कारबाही सिफारिस गर्दै त्यहाँस्थित नेपाली दूतावासले उनीहरुको नाम–ठेगानाको सूचीसहित पत्राचार गरेका छन्। साउदी दूतावासले आफूकहाँ शरण लिइरहेका महिलाबाट पटकपटक गरी १ सय ४४ दलालको नाम र ठेगाना संकलन गरी वैदेशिक रोजगार विभाग, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पठाएको हो।
साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेका अनुसार पछिल्लोपल्ट असोज पहिलो साता २२ जना दलालको सूची पठाइएको छ। सूचीमा स्याङ्जा तोरीडाँडा–९ का रोहित थापा, इटहरीकी कोपिला कटुवाल, विष्णु गुरुङ, मोरङ पथरी १ का देव राई, झापा झिलझिलेका दुर्गा भुजेल, बुटवलकी (दिल्लीबाट काम गर्ने) पुनम मगर, दार्जिलिङकी खाती विश्वकर्मा छन्।त्यस्तै, बुटवलका गोपाल क्षेत्री, नवलपरासी सुनौलका निर्मल न्यौपाने, नवलपरासी खैरटवाकी माया गुरुङ, नवलपरासी गजडी–२ का दिलबहादुर थापा, मोरङ उर्लाबारी ७ का दुर्गा वाग्ले, आकाश तामाङ, झापा भद्रपुरका शंकर गिरी, झापा दमक–१३ की हिमा, उदयपुर थोकसिला–४ का समृत राई, कावासोतीका नरेशलाई पनि कारबाही गर्न भनिएको छ।
महिलालाई घरेलु कामदारका रूपमा साउदी जान प्रतिबन्धित छ। तर, करिब ५० हजार हाराहारी नेपाली महिला त्यहाँ कार्यरत छन्। अधिकांश दलालमार्फत भारत हुँदै साउदी पुगेका हुन्। उनीहरु घरमालिकले यातना दिन थालेपछि केही आफैं भागेर दूतावास पुग्छन्। केहीले फोन गरेर दूतावास गुहार्छन्। दूतावासमा शरण लिइरहेका महिला ४३ रहेको नागरिक दैनिकमा खबर छ ।
‘दुःख पाएपछि दूतावासको शरणमा आइपुग्छन्। कतिलाई त घरमालिकसँग वार्ता गरेर नेपाल पठाउँछौं,’ साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले नागरिकसँग टेलिफोनमा भने, ‘कतिलाई प्रहरीको सहयोग लिई उद्धार गर्नुपर्छ।’
दूतावासको शरणमा आइपुग्ने ६ जना बुटवलकी पुनम मगरमार्फत साउदी पुगेका थिए। उनले पठाएका तीनजनासँग आफ्नै राहदानी थियो। बाँकी तीनजना अर्काकोमा पुगेका थिए। ती भारतीय नागरिक हुन्।
दलालहरूले कुवेतमा पनि यसैगरी महिला कामदार पठाउँदै आएका छन्। ३० वर्षभन्दा कम उमेरका महिलालाई कुवेतमा घरेलु कामदारका रूपमा जान रोक छ। कुवेतस्थित नेपाली दूतावासको सेल्टरमा १ सय ४० जनाभन्दा बढी महिला छन्।
कुवेतस्थित दूतावासले पनि गत साता १० जना एजेन्ट र एजेन्सीलाई कालोसूचीमा राखेर कारबाही निम्ति सरकारलाई पठाएको थियो। यसमा फराज आइश अल हुसाइनी अफिस र रतन कँणेल, नुवाइर सलिम अली अफिस र नवराज श्रेष्ठ, नवल सलिम महान अल–रशिदी र कमला थापा मगर, अल–जज्जी बिजाद अल–दैहानी र गीता गुरुङ, जब्राह एचके अल–खाल्दी र सुशिला पुरी छन्।
हम्डा शबिब हामोद अल–अज्मी अफिस र मिना शेर्पा, शाइखा फिहान अफिस र शिवकुमार श्रेष्ठ, घज्वा गजाइ अल–म्युटरी अफिस र विष्णुकुमारी कार्की, खालफ मोहम्मद खालफ अल दारा र बद्रिया मनसुर अल शाथी अफिसलाई पनि कारबाही गर्न भनिएको छ।
दूतावासले पठाएको सूचीअनुसार दलालको खोजी गरी कारबाही गर्ने जिम्मा गृह मन्त्रालयको हो। ‘सूची पाउनेबित्तिकै हामी प्रहरीलाई पठाउँछौ,’ गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले भने, ‘कति कारबाही भयो, बुझ्नैपर्छ।’
एक म्यानपावर व्यवसायीका अनुसार नक्कली राहदानी बनाउनेदेखि साउदी पुर्‍याउन दलालले प्रतिव्यक्ति २ देखि ५ लाख रुपैयाँ उठाउँछन्। राहदानी पिसी गर्ने काम काठमाडौंको बागबजार र भारतको दिल्लीमा हुन्छ।गैरकानुनी रूपमा गएका महिलाले घरमालिकबाट दुःख पाएपछि रुँदै फोन गर्ने गरेको दूतावासका अधिकारी बताउँछन्। यातना सहन नसकी कतिले आत्महत्या नै गरिसकेका छन्। आर्थिक वर्ष २०६९/७० मा साउदीमा मर्ने नेपालीको संख्या मात्र साढे ३ सय हाराहारी छ।२०७० यतामात्र १ सय ११ महिलालाई दूतावासले उद्धार गरी नेपाल फिर्ता पठाएको छ। अघिल्लो वर्ष २०६९/७० मा यो संख्या ३ सय ४९ थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु