तेस्रो र्सार्क शिखर सम्मेलनको तयारी हुँदै

२०७० कार्तिक २३ गते, शनिबार

काठमाडौँ । नेपालले आयोजना गर्नुपर्ने दक्षिण एसियाली सहयोग संगठन -र्सार्क) को शिखर सम्मेलन छिट्टै हुने संकेत देखिएको छ । अध्यक्ष राष्ट्र मालदिभ्सले दक्षिण एसियाली संगठन -र्सार्क) को ‘मिनिर्स्र्टस काउन्सिल’ को वैठक आगामी फेबु्रअरी महिनामा आयोजनाका लागि प्रस्ताव गरेको छ । आठै सदस्य राष्ट्रका विदेश मन्त्रीहरू संलग्न रहने मिनिर्स्र्टस काउन्सिलको बैठकले आसन्न शिखर सम्मेलनका लागि महत्वपूण निर्ण्राहरू गर्छ । काउन्सिलकै बैठकमा आयोजक राष्ट्रले सम्मेलनको मिति प्रस्ताव गर्ने र त्यसमाथि सदस्य राष्ट्रहरूले आफ्नो राय दिने परम्परा रहेको छ । उक्त बैठकमा नेपालले सम्मेलनको मितिको प्रस्ताव लिएर जानसक्ने परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन् । ‘यो बैठकले शिखर सम्मेलनका लागि बाटो बनाउने काम गर्छ’ मन्त्रालयका प्रवक्ता दीपक धितालले भने । हरेक वर्षहुनुपर्ने र्सार्क शिखर सम्मेलन नेपालका आफ्नै आन्तरिक मामला र अन्य क्षेत्रीय कारणले दुइ वर्षेखि हुन सकेको छैन । सम्मेलन गराउन निम्ति यसअघि धेरै पटक काउन्सिलको बैठक राख्ने कोसिस भइसकेको छ । गत सेप्टेम्बर अन्तिम साता राष्ट्रसंघ महासभाका क्रममा र्सार्क विदेश मन्त्रीहरूको अनौपचारिक बैठक न्यूयोर्कमा हुँदा शिखर सम्मेलन आयोजनाकै विषयमै छलफल केन्द्रित भएको थियो । नेपालकै आन्तरिक स्थिति अनुकुल बन्दै आएको पर्रि्क्षमा मालदिभ्सले फेब्रुअरी १७-१९ का लागि काउन्सिल बैठक प्रस्ताव गरेको हो । नेपाल, मालदिभ्स र भुटानले यो प्रस्तावमा लिखित सहमति जनाइसकेका छन् । सबै सदस्य राष्ट्रले सहमति जनाइसकेपछि मात्र प्रस्तावित मितिमा बैठक हुन्छ । नेपालले तेस्रो पटक शिखर सम्मेलन आयोजना गर्न लागेको हो । यस पटक सम्मेलन आयोजनाका लागि मन्त्रालयले एक तहको तयारी गरिसकेको छ । सम्मेलन दौरान आवश्यक पर्ने सवारी साधन, स्थल व्यवस्थापनलगायतका विषयमा गृहकार्य गरी त्यस निम्ति बजेट प्रस्तावसमेत तयार भइसकेको अधिकारीहरू बताउँछन् । विशिष्ट अतिथिहरूका लागि झण्डै दुइ दर्जन लिम्बोजिन गाडी खरिदका निम्ति अर्थमन्त्रालयमा प्रस्ताव पठाइसकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु