बेल्जियममा पाँचौं कपिलवस्तु दिवस मनाइने
काठमाडौं, २७ कात्तिक –- बेल्जियमको चोउद्फ़ोनटीन क्यासिनोको सभा हलमा आगामी २०१३ नोभेम्बर ३० देखि डिसेम्बर १ तारिख दुइ दिनसम्म पाँचौं “लुम्बिनी-कपिलवस्तु दिवस“ भब्य रुपमा मनाउने निर्णय भएको छ ।भगवान बुद्धको जन्मस्थल लुम्बिनी, नेपाललाई विश्वब्यापी रुपमा सुपरिचित गराउन प्रचार प्रसार गरिरहेको “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” का युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य तथा अभियानका बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपानेको हिजो ११ नोभेम्बरका दिन “बेल्जियम-नेपाल फ्रेन्डशिप एसोसिएसन” तथा “आनी छोइङ्ग फाउन्डेसन, बेल्जियम” का अध्यक्ष फ्रान्क वेर्मीर्स्च तथा “बेल्जियम-नेपाल फ्रेन्डशिप एसोसिएसन” कार्य समितिकी सदस्य फ्रान्सवा रोलान्ड्स बीच भएको दुइपक्षीय मैत्रीपूर्ण भेटघाटमा आपसी सहकार्य गरि पाँचौं “लुम्बिनी-कपिलवस्तु दिवस“ विशेषरुपबाट मनाउने तय भएको बताइएको छ । अभियान र एसोसिएसनको बीचमा आगामी वर्षमा समेत सहकार्य गर्ने समझदारीपत्रमा अभियानका युरोप सल्लाहकार आचार्य तथा एसोसिएसनका अध्यक्ष वेर्मीर्स्चले सहमति जनाएको हो ।
हजारौं बेल्जियन नागरिकहरुको आवतजावत हुने गरि लक्षित गरिएको क्रिसमस मेलाभित्र आयोजना गरिने उक्त कार्यक्रममा बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा रहेको तथ्यलाई थप उजागर गर्नको लागि पोस्टर तथा फ्लाएरहरुको निशुल्क वितरण, बुद्धको प्रतिमा र लुम्बिनीको झलकहरु प्रदर्शन तथा बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल सम्बन्धि वृत्तचित्र खुलारुपमा प्रदर्शन गरिने भएको छ ।