आइ पुग्यो चिनियाँ पत्रकारको टोली
काठमाडौं, १२ मंसिर । नेपालको पाँचदिने भ्रमणमा आएका चिनियाँ पत्रकारहरुले आज नेपाल प्रेस काउन्सिलका पदाधिकारीसँग भेटवार्ता गरेका छन् । चिनियाँ टोलीले प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, पत्रकार महासंघका प्रतिनिधि, विभिन्न नेपाली सञ्चारमाध्यमका सम्पादकहरुसँग भेटवार्ता गरी नेपालको पत्रकारिताको अवस्था र चीनको अनुभव लगायका विषयमा छलफल गरेको थियो । छलफलमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष कार्कीले दुई देशका सञ्चारमाध्यम र सञ्चारकर्मीबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।
यस्तै चिनियाँ पत्रकार टोलीकी नेतृ ली छियानले आफूहरु नेपाल भ्रमणबाट उत्साहित भएको भन्दै यसले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताए । टोलीले आजै बिहान राष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेको थियो । चिनियाँ टोलीले भगवान बुद्धको जन्मस्थल लुम्बिनी, धुलिखेल लगायतका स्थानको पनि भ्रमणमा जाने कार्यक्रम रहेको छ ।