कोरियाले सन २०१४ का लागि ५३ हजार प्रवासी कामदार भित्र्याउने

२०७० पुष ९ गते, मंगलवार


कोरिया । दक्षिण कोरियाली सरकारले सन २०१४ का लागि अदक्ष प्रवासी कामदारको कोटा निर्धारण गरेको छ । यहांको श्रम तथा रोजगार मन्त्रालयले जनाए अनुसार रोजगार अनुमति प्रणाली मार्फत अर्को बर्षका लागि ५३ हजार १ सय ५० कोटा निर्धारण गरिएको हो । प्रधानमन्त्रीको कार्यलय संयोजक रहेको कोटा निर्धारण समितिले गत बिहीबार उक्त कोटा स्वीकृत गरेको थियो ।
समितिले स्वीकृत कोटाबाट सबभन्दा बढि औद्योगीक उत्पादन क्षेत्रमा ४२ हजार २ सय ५०, कृषि क्षेत्रमा ६ हजार, मत्स्यपालन क्षेत्रमा २ हजार ३ सय, निर्माण क्षेत्रमा २३ सय ५० र सेवा क्षेत्रमा १ सय ५० कोटा छुट्याएको छ । नयाँ कोटा जनवरीदेखि अप्रीलसम्ममा २२ हजार, मे देखि अगष्टसम्ममा १४ हजार ३ सय र सेप्टेम्बरदेखि बाँकी १० हजार ९ बितरण गरिने जनाइएको छ । कोरियाले नेपाल लगायत १५ मुलुकबाट अदक्ष कामदारको अपूर्ति गर्दै आएको छ ।
सन २०१४ मा कार्य अवधि सकिने १७ हजार प्रवासी कामदारको कोटा पूर्ति गर्न र साना तथा मझौला उद्योगहरुबाट आउने मागका आधारमा ३६ हजार गरी ५३ हजार कोटा स्वीकृत गरिएको सो मन्त्रालयले जनाएको छ । यस मध्ये भाषा परीक्षा उत्तीर्ण गरेर पहिलो पटक आउने कामदारका लाथि ४७ हजार ४ सय र एक कार्यअवधि पूरा गरेर पुन रोजगारका लागि आउने कामदारका लागि ५ हजर ६ सय कोटा निर्धारण गरिएको हो । नयाँ मध्ये उत्पादन क्षेत्रमा ३६ हजार ९ सय, कृषमिा ५ हजार ८ सय ५०, मत्स्यपालनमा २१ सय ९०, निर्माण क्षेत्रमा २३ सय २०, सेवा क्षेत्रमा १ सय ४० जना आउन पाउने गरी कोटा विभाजन गरिएको छ ।
नयाँ कोटा स्वीकृत भएपछि तेश्रो भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षा सूचीमा रहेका नेपाली उमेरद्धारहरुको जनवरी पहिलो हप्ताबाट श्रम सम्झौता हुने भएको छ । तेश्रो भाषा परीक्षा उतीर्ण गरेका करिब १२ हजार कोरिया आएका छन् भने अझै प्रतीक्षा सूचिमा ४ हजारभन्दा बढी रहेका छन् । यहाँको अध्यगमन विभागले अक्टोबरमा सार्वजनिक गरेको तथ्यांक अनुसार हाल ईपीएस मार्फत आएका १७ हजार ६ सय ७० नेपाली कार्यरत छन् ।
कोरिया सरकारले यस बर्ष तोकिएको कोटा गत बर्षको तुलनामा ३ हजारले बढी भएपनि २०१२,०१३ को तुलनामा न्यून हो । वर्तमान सरकारले स्वदेशी वेरोजगार संख्या घटाउन स्वदेशी जनशक्ति प्रयोग गर्ने नीति अघि सारेपछि प्रवासी कामदारको कोटा उल्लेखनीय बृद्धि नगरिएको प्रवासी मजदूर यूनियनका एक अधिकारीले बताए ।‘आन्तरिक श्रम बजारको मूल्यांकन र साना तथा मझौला उद्योगका मागलाई मध्यनजर गर्दै सरकारले प्रवासी कामदारको कोटा बढाउने निर्णय गरेको हो ।’ श्रम तथा रोजगार मन्त्री बाङ हा नामद्वारा आइतबार जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी सरकारले अस्थायी र सीजनल कामदारको कोटा चीन र पूर्व सोभियत संघका लागि ३ लाख ३ हजार कोटा तय गरेको छ । मन्त्रालयले आप्रवाशी कामदारका लागि आवाश गृह प्रदान कम्पनीहरुलाई सूचित गर्दै आउँदो जनवरीमा औधोगीक दुर्घटना रोक्न विस्तृत कार्य योजना ल्याइने पनि जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु