जर्मनीमा अन्तर्राष्ट्रिय गलैँचा मेला हुने

२०७० पुष २५ गते, बिहीबार

काठमाडौँ, २५ पुस । यही पुस २७ देखि ३० गतेसम्म जर्मनीको हानोभरमा बृहत् अन्तर्राष्ट्रिय गलैँचा मेला हुने भएको छ । नेपाल गलैँचा निकासीकर्ता सङ्घका अध्यक्ष अनुपबहादुर मल्लले २५ देखि ३० नेपाली गलैँचा निकासीकर्ता व्यवसायीको नेतृत्व गर्दै सो मेलामा भाग लिने बताइएको छ ।
सो मेलामा नेपाल गलैँचा निकासीकर्ता सङ्घ र नेपाल सरकार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा नेपाल साँझ कार्यक्रम गरिने छ ।
चालु आवको विगत ४ महिनामा नेपाली गलैँचा निकासीमा देखिएको ४६ प्रतिशत वृद्धिलाई भविष्यमा निरन्तरता दिन सो मेलाले टेवा पुग्ने विश्वास लिइएको छ ।मेलामा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु