सार्क बाणिज्य मन्त्रीहरुको वैठक सुरु हुदै

२०७० माघ २ गते, बिहीबार


नयाँदिल्ली, माघ २ – सार्क राष्टका वाणिज्य मन्त्रीहरुको पाँचौ बैठक आजदेखि भारतको नयाँदिल्लीमा शुरु हुँदैछ । दुई दिनसम्म चल्ने सो बैठकमा व्यापारका माध्यमबाट सुदृढ अर्थतन्त्र निर्माणबारे छलफल हुनेछ ।नेपालको तर्फबाट वैठकमा सहभागी हुन वाणिज्यमन्त्री शंकरप्रसाद कोइराला सहित वाणिज्य तथा आपूर्ति सचिव माधवप्रसाद रेग्मी, सहसचिवहरु नवराज भण्डारी, वेगेन्द्र शर्मा पौडेल र तोयनारायण ज्ञवालीको टोली नयाँ दिल्लीमा छ ।बैठकमा नेपाल, भारत, अफगानिस्तान, भूटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका वाणिज्य मन्त्रीहरु क्रमशः शंकरप्रसाद कोइराला, आनन्द शर्मा, सकर कारगर, नोर्वुवाड.चुक, महम्मद शहिद, खुरम दसगिर खान, अब्दुल रिसाद वातिदिनको सहभागि हुनेछन् ।वैठकमा उद्योगी व्यवसायीका छाता संगठनका प्रतिनिधिहरुले पनि भाग लिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु