साउथ लण्डन कलेजबाट दर्जनौ नेपाली विद्यार्थीद्धारा डिग्री हासिल

२०७० माघ २३ गते, बिहीबार


लण्डन–बेलायतको लण्डनमा रहेको नेपाली व्यवस्थापनको साउथ लण्डन कलेजले विभिन्न विधामा ब्याचलर्स डिग्री तथा मास्टर्श डिग्री गरेका विद्यार्थीहरुको ग्रयाजुएसन समारोह गरेको छ । ग्रयाजुएसन समारोहमा करिब पाँच दर्जन विद्यार्थीहरुले भाग लिएका थिए । जसमा दर्जन भन्दा बढि नेपाली विद्यार्थीले ग्रयाजुएसन हासिल गरेका छन् ।
ग्रयाजुएसन समारोहमा बोल्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आफूले सिकेको सीप र ज्ञानलाई समाजको रुपान्तरण्ँमा लगाउन विद्यार्थीलाई आग्रह गरको छन् । राजदुत चालिसेले विकसित देशमा आर्जन गरेको शिक्षाले आफ्नो देशको समाज रुपान्तरण्ँमा सहयोग पुर्याउन विद्यार्थीलाई सुझाव दिए । अल्पविकसित देशको विकासमा विकसित देशबाट शिक्षा हासिल गरेकाहरुको योगदान महत्वपूर्ण हुने राजदुत चालिसेको भनाई थियो ।
यस्तै ग्रयाजुएसन समारोहमा बोल्दै कलेजका कार्यकारी निर्देशक राजन कँडेलले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै कलेज र विद्यार्थीबीच सहकार्य जारी रहने विश्वास व्यक्त गरे । कलेज सानै भए पनि कलेजले उदाहरणीय काम गरेको छ कार्यकारी निर्देशक कँडेलको भनाई थियो ।
कार्यक्रममा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष ग्रहम ए मिन्सले बिद्यार्थीहरुले नेपाल ब्रिटेनको सम्बन्धमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । बेलायतको आर्थिक विकासमा बिद्यार्थीहरुको ठूलो सहयोग हुने उनको भनाई थियो ।
साथै कार्यक्रममा एनआरएनए युके अध्यक्ष एवं कलेजका निर्देशक महेन्द्र कंडेललगायत बिद्यार्थीहरुका आफन्त तथा अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो । बिद्यार्थीहरुले बेलायतबाट शिक्षा हासिल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । उनीहरुले थप अध्ययनका लागि हौसला मिलको बताए । साथै, उनीहरुले बिद्यार्थीहरुका लागि साउथ लण्डन कलेज उपयुक्त गन्तव्य भएको समेत बताएका थिए ।
यसैवीच,कार्यक्रममा राजदुत चालिसेले साउथ लण्डन कलेजबाट एबिई परीक्षामा विश्वमा नै उत्कृष्ठ नतिजा हासिल गर्ने दुई जना नेपाली विद्यार्थीलाई पुरस्कार प्रदान गरेका छन । ”इन्फरमेसन सिस्टम फर म्यानेज्मेन्ट”मा प्रथम हुने प्रतिक भुसाल र ”आइ टि इन ट्राभल टुरिजम एण्ड हस्पिटालिटी”मा प्रथम हुने प्रवेश प्रधानलाई राजदुत चालिसेले पुरस्कार प्रदान गरेका हुन्

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु