सार्कको मन्त्रीस्तरीय बैठक सुरु हुदै
काठमाडौं, ८ फागुन। आजदेखि माल्दिभ्सको मालेमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रीस्तरीय बैठक सुरु हुँदैछ । बैठकमा सहभागी हुन आठै देशका प्रतिनिधिहरु माल्दिभ्स पुगिसकेका छन् ।बैठकका सार्क राष्ट्रका परराष्ट्र मन्त्रीहरुको सहभागीता रहनेछ । नेपालमा भने सरकारले पुर्णता नपाएका कारण परराष्ट्र मन्त्रालयका निमिक्त सचिव शंकरदास बैरागीले प्रतिनिधित्व गरेका छन् ।सार्क मन्त्रीस्तरीय बैठकमा सार्क क्षेत्रमा व्यापार, लागनी, प्रतिआतंवाद, खाद्य सुरक्षा, स्वास्थ्य, गरिबीलगायतका विषयमा छलफल हुनेछ ।साथै बैठकमा नेपालका तर्फबाट मनोनीति आगामी सार्क महासचिवमा अर्जुनबहादुर थापाको नाम पनि अनुमोदन हुनेछ ।