अठारौँ र्सार्क सम्मेलन नेपालमा हुने

२०७० फाल्गुन १० गते, शनिबार


काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्क) को १८ औँ शिखर सम्मेलन आगामी कात्तिक/मंसिरमा यहाँ हुने भएको छ । माल्दिभ्सको बान्डोस टापुमा भएको र्सार्क मन्त्रिपरिषद् बैठकमा नेपालले आउँदो -नोभेम्बर) कात्तिकको दोस्रो सातादेखि मंसिरको दोस्रो साताभित्र उपयुक्त मितिमा १८ औँ शिखर सम्मेलन गर्ने प्रस्ताव गरेको हो । शिखर सम्मेलनका लागि नेपालले गरेको प्रस्तावप्रति बैठकले र्समर्थन जनाउनका साथै त्यसको स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकले र्सार्कका महासचिवमा पूवपरराष्ट्रसचिव अर्जुनबहादुर थापाको मनोनयनलाई पनि अनुमोदन गरेको छ । तीन वर्षर्सार्क महासचिवको कार्यकाल यही फागुन १७ गतेदेखि प्रारम्भ हुनेछ । र्सार्क मन्त्रिपरिषद् बैठकको मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यमिनले गर्नुभएको थियो भने त्यसको अध्यक्षता सोही मुलुकका विदेशमन्त्री डुया मौमुनले गर्नुभएको थियो । बैठकमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्रीको सहभागिता थियो भने नेपालको प्रतिनिधित्व निमित्त परराष्ट्र सचिव शङ्करदास वैरागीले गर्नुभएको थियो । बैठकमा र्सार्कअर्न्तर्गत क्षेत्रीय सहयोगका प्रमुख विषयका साथै व्यापार, वित्त, लगानी, गरिबी निवारण, सर्म्पर्क विस्तार, ऊर्जा र पूवाधारबारे विचार-विमर्श भएको पनि उक्त मन्त्रालयले जनाएको छ । क्षेत्रीय सहयोग प्रवर्द्धनलाई अझ सुदृढ बनाउन बैठकमा मतैक्यता जाहेर भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु