कतारमा दर्जन नेपालीको मृत्यु
काठमाडौं ,१६ फागुन। कतारको राजधानी दोहास्थित इस्तानुबुल रेस्टुरेन्टमा बिहीबार ग्यास सिलिन्डर विस्फोट हुँदा तीन नेपाली सहित कम्तीमा १२ जनाको मृत्यु भएको छ ।१२ नेपालीसहित ३२ जना घाइते भएका छन् । घाइते नेपालीहरुको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ ।कतारको आन्तरिक मन्त्रालयका अनुसार मृत्यु भएका नेपालीमा बागलुङका मानबहादुर खत्री, दुर्गाबहादुर कार्की र टंकबहादुर क्षेत्री छन् । ‘तीनै जना हाम्रा साथी हुन् । सँगै काम गथ्यौं,’ कमल हमालले भने, ‘सबै जना भेला भएका छौं, निक्कै निराश छौं ।’नेपाली दूतावासले ती नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । अस्पताल पुगेका श्रम सहचारी इन्द्रदेव पाण्डेले आपतकालीन उपचार कक्षमा १२ नेपालीको उपचार भइरहेको बताए । ‘उनीहरु सबैको अवस्था खतरामुत्त, छ,’ उनले भने ।स्थानीय समयअनुसार विहान १० बजेर १२ मिनेटमा विस्फोट भएको थियो ।