नेपाली किसानहरु दक्षिण कोरियामा
काठमाडौं। कृषि मार्फत दक्षिण कोरियाले गरेको बिकासको मोडल सिक्न नेपालका किसानहरु दक्षिण कोरिया पुगेका छन । चितवनको पिप्ले नमूना सेमाउल (नयाँ गाउँ अभियान)को १२ जनाको टोली बिकासको मोडल सिक्न दक्षिण कोरिया पुगेको हो ।गतमंगलबार कोरिया पुगेको टोली आगामी मार्च २४ तारेखसम्म कोरियाका बिभिन्न स्थलको भ्रमण गर्नेछ । नेपाल सेमाउलका अध्यक्ष नवराज पन्तका अनुसार टोलीमा ६ जना सहकारीमा आबद्ध किसान,तीन जना शिक्षक,एक जना पिप्ले नयाँ गाउँ अभियानका कर्मचारी,एक जना नेपाल सेमाउलका अगुवा र एक जना कोइका स्वयंम सेवक छन । उनीहरु सेमाउलको अन्तराट्रिय तालिम लिएर फर्कने छन ।
पन्तका अनुसार उनीहरुले कृषि मार्फत कसरी देशको बिकास गर्न सकिन्छ भन्ने बारेमा सिक्नेछन । सन ५० को दशकमा नेपालबाट चामल लगेर खाएका दक्षिण कोरियाली अहिले संसारका धनी नागरिक भित्र पर्दछन ।