साउदीले लाखौ विदेशी कामदार फिर्ता पठायो
काठमाडौ।साउदी अरब साउदी अरेबियाले पछिल्लो पाँच महिनामा ३ लाख ५० हजार अबैध विदेशी कामदारलाई फिर्ता पठाएको छ ।समाचार एजेन्सी एपीका अनुसार आन्तरिक मामलासम्बन्धी मन्त्रालयले विभिन्न देशबाट अरब पुगेका अवैध कामदारलाई फिर्ता पठाएको हो ।यसरी अबैधरुपमा साउदी पुग्ने कामदारले त्यहाँको श्रम कानुन उल्लंघन गरेको मन्त्रालयको आरोप छ ।मन्त्रालयका प्रवक्ता अहमद अल अहिदानले अझै १८ हजार अबैध कामदार साउदीमा रहेको र उनीहरुले अहिले जेलमा रहेको बताएका छन् ।ती कामदारले त्यहाँको कानुनको उल्लंघन गरेको र उनीहरु अहिले घर फर्काइनुपर्ने माग गरिरहेको उनले बताए ।
साउदी अरबमा हाल ९० लाख आप्रवासी कामदार रहेको अनुमान गरिएको छ ।त्यो संख्या साउदीको हालको जनसंख्याको करिब आधा प्रतिशत हो ।