अष्ट्रेलियन दुतावासद्वारा विद्यार्थीको भिसा आवेदन प्रक्रिया अबरुद्ध

२०७० चैत्र ११ गते, मंगलवार

काठमाडौ । नयाँ दिल्लिस्थित अष्ट्रेलियन दुतावासले करिब २ हजार नेपाली विद्यार्थीको भिसा आवेदन प्रक्रिया स्थगित गरिदिएको छ।दुतावासले ऋणको फर्जी कागजात बनाएको भन्दै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको भिसा आवेदन प्रक्रिया स्थगित गरिदिएको हो ।
नयाँ दिल्लीस्थित दूतावासले अष्ट्रेलियन विश्वविद्यालयलाई पत्र काटेर ति विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको प्रक्रिया रद्द गर्न समेत पत्राचार गरेको छ।
अष्टेलिया जान लालायित विद्यार्थीले करिब १ लाख रुपैयाँ खर्च गरेर भिसा प्रक्रिया सुरु गरेका थिए।
नेपालमा रहेका बैंकहरुले स्ट्यान्डर्ड पूरा नगरी मनपरी रुपमा ऋणको कागजात बनाएको जनाउँदै अष्ट्रेलियन दूतावासले भिसा प्रक्रिया रद्द गर्ने तयारी गरेको छ। दूतावासको तथ्याङ्क अनुसार करिब २ हजार विद्यार्थीको प्रक्रियाको विषयमा अनुसन्धान भइरहेको छ।
नेपालबाट अष्ट्रेलिया पढ्न जाने विद्यार्थीको घुइँचोलागेसँगै बैंकलेसमेत मनपरी रुपमा ऋणको कागजात बनाउन थालेपछि समस्या बढेको स्रोतबो दाबी छ। बैंकको विषयमा शंका लागेपछि दूतावासले तत्कालका लागि सबै विद्यार्थीको भिसा प्रक्रिया स्थगित गरेको हो। दूतावासले नविल, एसविआईलगायत बैंकबाट मात्र कागजात तयार पार्न आग्रह गरेको छ।सबै विद्यार्थीको भिसा रद्द भयो भने करिब २० करोड रुपैयाँ जोखिममा पर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु