नब्बे हजार भुटानी शरणार्थी तेस्रो मुलुक पुगे नब्बे हजार भुटानी शरणार्थी तेस्रो मुलुक पुगे
काठमाडौं।संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)ले नेपालमा रहेका ९० हजार भुटानी शरणार्थी पुनर्वास योजनाअन्तर्गत तेस्रो मुलुक गएको जनाएको छ ।सन् २००७ देखि अन्तर्राष्ट्रि«य आप्रवास कार्यक्रममार्फत अमेरिका तथ युरोपेली मुलुकमा भुटानी शरणार्थी नेपालस्थित शरणार्थी शिविरबाट तेस्रो मुलुक जान थालेका हुन् । दमकस्थित युएनएचसिआरको उपशाखा कार्यालयका अनुसार आज काठमाडौँबाट ९० हजारौँ शरणार्थीका रुपमा दमक बेलडाँगीका ११ वर्षीय सुमन तामाङ क्यानडाको टोरेन्टो उडेका छन् । उनीसँग उनका बुबा, आमा र एकजना दाजु पनि क्यानडा गएका छन् ।युनएचसिआरको काठमाडौँस्थित कार्यालयले दिएको जानकारीअनुसार अब झापा र मोरङमा २७ हजार शरणार्थी मात्र छन् । तीमध्ये २१ हजारले युएनएचसीआरमा तेस्रो मुलुकमा आप्रवासका लागि मञ्जुरीपत्र दर्ता गराइसकेका छन् ।