मोदीको भ्रमण राजकीय हुने

२०७१ श्रावण १३ गते, मंगलवार

काठमाडौ, १३साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण राजकीयस्तरको हुने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा मोदीलाई स्वागत गर्ने कार्यक्रम तय भएको बताइएको छ ।मोदीको स्वागत तथा सम्मानमा नेपाली सेनाको विशेष टुकडीले प्रधानमन्त्रीस्तरको सलामी ‘विशेष सम्मान गारत’ दिनेछ । ‘भारतीय पक्षले प्रस्तावअनुरूप प्राविधिक रूपमा औपचारिक भ्रमण भनिए पनि यो राजकीय भ्रमण नै हो,’ एक अधिकारीले भने । परराष्ट्र मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, गृह मन्त्रालयलगायत निकायबीच भ्रमण तयारीबारे छलफल भइरहेको छ ।
परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा भारतीय दूतावास तथा भारतबाटै आएको तयारी विशेष टोलीले कार्यसूचीलगायत विषयमा परामर्श गरिरहेको अधिकारीहरूले बताए । ‘१७ वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण राजकीय हो । सरकारले त्यसै हिसाबले तयारी अघि बढाएको छ । मोदीलाई कोइराला स्वयंले विमानस्थलमा स्वागत गर्नुहुनेछ,’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले बताए । भ्रमणको कार्यसूची परराष्ट्र मन्त्रालयले तयार गरिरहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु