मलेसियामा ७१ नेपाली अलपत्र

२०७१ श्रावण १९ गते, सोमबार


काठमाडौ । काठमाडौ बालवाटारको फ्रेन्डसीप मेनपावरबाट गएको जेठमा मलेसिया पुगेका ७१ जना नेपाली अलपत्र परेका छन् ।पाल्पाका २० सहित ७१ जना नेपाली अलपत्र परेको त्यहाँ रहेका हुगी ९ पाल्पाका खेमबहादुर पुनले जानकारी दिए ।कम्पनीलाई एक लाख ६० हजार रुपैयाँ बुझाएर मासिक ९ सय आरएम र ओभरटाइम गरी १५ सय (करिब ४ हजार नेपाली रुपैयाँ ) भन्दा बढी तलब हुने भनेर उनीहरु मलेसिया गएका थिए ।कम्पनीले आफुहरुलाई सप्लायर्सको जिम्मा लगाएकाले महिनामा १५ दिन पनि काम नपाएको पीपलडाँडा ६ पाल्पाका मनबहादुर सुनारीले टेलिफोनमा बताए । मलेसियाको केलाङमा रहेको इलेन्टिक कम्पनीमा काम गरेको जानकारी दिदै सुनारीले कम्पनीमा काम हुँदा उसैले फोन गरेर बोलाउने नत्र होस्टेलमै बसेर दिन गुजार्नुपरेको बताए । गएको दुई महिनामा १४ दिन मात्रै काम गरेको र चारजना बस्न मिल्ने एउटा कोठामा १६ जना बस्नुपरेको उनीहरुले बताएका छन् ।
मलेसिया जानुअघि कम्पनीसँग भएको सहमति अनुसार काम र पैसा नभएको उल्टै दुख पाएकाले आफुहरु नेपाल फर्किन चाहेको उनीहरुले बताएका छन् । ‘हामीलाई घर फर्किने प्रक्रिया जानकारी छैन’ सुनारीले भने ‘पैसा पनि छैन, सरकारले सहयोग गरेर घर फर्काइदिनुपर्‍यो ।’
विदेश पठाउने फ्रेन्डसीप मेनपावरका ओम जर्घाले अहिले फोन समेत नउठाएको उनीहरुले बताएका छन् । उनी पाल्पा हुगी ९ का हुन् । ओम जर्घालाई पटक पटक फोन गर्दा फोन उठाएका छैनन् ।
एजेन्ट पाल्पाकै भएकाले अलपत्र पर्ने ७१ मध्ये २० बढी पाल्पालीहरु रहेका हुन् । अलपत्र पर्नेहरुमा पाल्पा पीपलडाडा, हेक्लाङ, दोभान, फोक्सिङकोट लगायतका गाविसका युवाहरु रहेको खेम पुनले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु