प्रवासी संगठन कुवेत विप्लव पक्षमा

२०७१ पुष ८ गते, मंगलवार

काठमाडौं । माओवादीको प्रवासी संगठन नेपाली जनप्रगतिशील मोर्चा कुवेतले नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा माओवादीलाई पूर्णतः समर्थन गर्ने निर्णय गरेको छ ।
जनप्रगतिशील मोर्चा कुवेतका अध्यक्ष राजन घिमिरे र महासचिव दीपक बिष्टले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा जानकारी गराएका हुन् । हालै एक बैठक बसेर मोर्चाका शतप्रतिशत सदस्यहरुको समर्थन नयाँ पार्टीलाई गर्ने निर्णय गरिएको विज्ञप्तीमा बताइएको छ ।
विज्ञप्तीमा नेपालमा हुने नयाँ जनवादी क्रान्तिप्रति आफूहरुको सदैव साथ सहयोग रहने बताइएको छ । विज्ञप्तीमा भनिएको छ, ‘पार्टी र नयाँ जनवादी क्रान्तिप्रति पूर्ण समर्पित रहँदै काम गर्ने प्रतिवद्धता जनाउँदछौं । पार्टीले आवश्यकता महशुस गरेको खण्डमा नेपाल फर्केर पार्टी र क्रान्तिलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।’ विज्ञप्तीमा कुवेत पार्टी कमिटि शतप्रतिशत विप्लव नेतृत्को पार्टीमा समाहित भएको जानकारी गराइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु