भारतको विदेश सचिवमा एस जयशंकर नियुक्त
काठमाडौ । भारतले विदेश मन्त्रालयको सचिवमा एस जयशंकरलाई नियुक्त गरेको छ।अमेरिकी प्रधानमन्त्री बराक ओबमाले भारत भ्रमण सकेर स्वदेश फर्के लगतै अमेरिकाका लागि भारतीय राजदूत रहेका जयशंकरलाई विदेश मन्त्रालयको सचिवमा नियुक्त गरिएको हो।विदेश मन्त्रालयका निवर्तमान सचिव सुजाथा सिंह आगामी अगष्टमा सेवानिवृत्त हुँदैछन् । सफल कुटनीतिज्ञका रुपमा परिचित जयशंकरले चीनको राजदूतको रुपमा पनि काम गरेका थिए। सन् १९७७ मा उनले पराराष्ट्र सेवा सुरु गरेका थिए ।