रहेनन् सुवास घिसिङ

२०७१ माघ १६ गते, शुक्रबार

काठमाडौं । गोर्खाल्यान्ड आन्दोलनका नेता सुवास घिसिङको भारतको राजधानी नयाँदिल्लीस्थित गंगाराम हस्पिटलमा उपचारका क्रममा निधन भएको छ। उपचारका क्रममा बिहीबार उनको निधन भएपछि गोर्खाल्याण्ड आन्दोलनका एक अगुवाको अन्त्य भएको छ ।
घाँटी र फोक्सोमा समस्या देखिएपछि घिसिङ साढे २ महिनादेखि उपचाररथ थिए । सन् १९८६ मा नेपालीभाषीको लागि अलग राज्य गोर्खाल्याण्डको माग गर्दै उनले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्व गर्दैं आन्दोलन थालेका थिए ।
पछिल्लो समय दार्जलिङमा विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा उदाएपछि घिसिङ दार्जलिङ छोडेर जलपाइगुडीमा बस्दै आएका थिए ।
पछिल्लो समय उनी दार्जिलिङमा रहने अवस्था समेत थिएन । उनले प्रशान्त तामाङ इन्डीयन आइडल हुने बेलामा सहयोग गरेका थिएनन् । यसपछि त्यहाँका जनता उनको विरुद्धमा लागेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु