कोरियामा कामदारको कन्तबिजोग

२०७१ फाल्गुन २ गते, शनिबार

काठमाडौँ । कोरियामा तलब नपाउने स्वदेशी तथा बिदेशी मजदूरको संख्या हरेक बर्ष बढदै गएको छ । २०१३ को तुलनामा २०१४ मा तलब नपाउने मजदुरको संख्या ९।८ प्रतिशतले वृद्धि भएको कोरियाको श्रम तथा रोजगार मन्त्रालयले हालै सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यो प्रतिशत २००९ यताकै सबभन्दा धेरै हो । २०१३ मा २ लाख ९३ हजार मजदुरले तलब पाएनन् । उनीहरूको तलबबापत पाउन बाँकी रकम १ अर्ब २० करोड डलरभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रालयले २००९ मा ३ लाख १ हजार मजदूरले तलब नपाएको र उनीहरूको तलब बापतको रकम १ करोड ३४ लाख डलर बक्यौता रहेको उल्लेख गेर्को छ । त्यस्तै २०१० मा २ लाख ७० हजार मजदूरलेले १ करोड २ लाख डलर भुक्तानी पाउन सकेनन् ।
२०१४ मा तलब नदिने कम्पनीहरू मध्ये ३० जना भन्दा कम मजदूरहरू भएका कम्पनि अत्यधिक छन् । यस्ता कम्पनीहरूको संख्या २०१३ तुलनामा १५।३ प्रतिशतले वृद्धि भएको थियो । कामको प्रकृतिको आधारमा उत्पादन क्षेत्रका उद्योग अगाडि छन् । त्यसपछि कन्ट्रक्सन निर्माण क्षेत्र, खाध्य पदार्थको थोक तथा खुद्रा कम्पनी, वित्तीय तथा बिमा, घर जग्गा क्षेत्र होटेल लगायत छन् ।
श्रम तथा रोजगार मन्त्रालयले देशको आन्तरिक आर्थिक मन्दीका कारण रोजगारदाताले स्वदेशी तथा विदेशी मजदूरलाई पारिश्रमिक दिन नसकेको ठहर गरेको छ । उसले आन्तिरिक आर्थिक सुस्तताका कारण पारिश्रमिक नपाउने मजदूरको संख्या वृद्धि भएको जनाएको हो । प्रतिवेदनमा लक्ष अनुसार आर्थिक स्थिति नफस्टाएका कारण होटल तथा रेस्टुरेन्ट र साना मझौला उद्योगहरू आर्थिक समस्यामा परेको उल्लेख छ ।
पारिश्रमिक नपाएपछि केहि कम्पनिका मजदूरहरूले आन्दोलन समेत गरेका छन् भने मन्त्रालयले फेबु्रवरी ३ देखि १७ तारिखसम्म मजदूरलाई अनिबार्य तलब दिन रोजगारदातालाई निर्देशन दिएको छ । यस अवधिमा तलब नपाए सरकारले तलब दिलाउन सहयोग केन्द्र सञ्चालन गर्ने भएको छ । उक्त केन्द्रमा पीडित मजदरुले उजुरी गर्नसक्ने छन् । कोरियामा कार्यरत बिदेशी मजदूरमध्ये पारिश्रमिक नपाउनमा कम्बोडियालीहरू अधिक रहेको प्रवासी मजदूर युनियनका अध्यक्ष उदय राईले बताए । राईका अनुसार त्यस्तोमा नेपाली सबैभन्दा कम छन् । नेपाली कामदारहरूलाई यहाँको मजदूर नियम कानुनको बढि ज्ञान भएकाले समस्या कम भएको हो ।
कोरियामा अदक्ष र दक्ष मजदुरको संख्या १ करोड ८० लाख छ । जसमध्ये ६ प्रतिशत बिदेशी छन । कोरियामा ईपीएसबाट आएका नेपाली मजदूरको संख्या २६ हजार छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु